इन्सेकको पहलमा सेफ हाउसलाई सामग्री हस्तान्तरण
कमलामाई नगरपालिका-७ मा रहेको सुरक्षित आवास गृह (सेफ हाउस) लाई गैरसरकारी संस्था महासङ्घ सिन्धुलीले ०७९ फागुन २५ गते आवश्यक सामाग्री हस्तान्तरण गरेको छ ।
गैरसरकारी संस्था महासङ्घ सिन्धुलीका अध्यक्ष खेटराज अधिकारीको अध्यक्षतामा भएको वितरण कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की र प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सेफ हाउसका गिता देवकोटालाई संयुक्त रुपमा सामग्री हस्तान्तरण गर्नुभयो ।
गैरसरकारी संस्थाहरूले सेफ हाउसमा महिलाहरूलाई सिप सिक्न आवश्यक पर्ने इन्टरलक मेसिन, दुई कार्टुन लुगाधुने साबुन, बालबालिकाका लागि आवश्यक पर्ने हर्लिक्स लगाएतका सामग्री प्रदान गरिएको गैसस सिन्धुलीका अध्यक्ष खेटराज अधिकारीले बाउनुभयो ।
गैरसरकारी संस्थाहरू हिंसा पीडितहरूलाई सहयोग गर्न तयार रहेको अधिकारीले बताउनुभयो ।
सेफ हाउसमा रहेका महिलाहरूलाई सिप सिक्नको निमित्त आवश्यक पर्ने सामाग्रीहरू सहयोग गर्न इन्सेक सिन्धुलीले आग्रह गरेको र गैरसरकारी संस्था सिन्धुलीले सहयोग गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीले सुरक्षित आवास गृहलाई दीर्घकालिन सञ्चालन गर्नका लागि सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले गैससहरूले हिंसा पीडित महिलाहरूको सिप अभिवृद्धिमा सहयोग गर्न आग्रह गर्नुभयो ।
नबिनबाबु अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेकद्वारा अभिमुखिकरण कार्यक्रम शुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०८० जेठ २२ गते जनकपुरधाममा बलपूर्वक बेपत्ता पारिएका पीडित पक्षहरूको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सातै प्रदेशका प्रदेश संयोजक र प्रलेख अधिकृतहरूलाई अभिमुखिकार्यक्रम…
जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल
जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र…
जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सरोकारवाला निकायको समन्वयमा जेठ २१ गते र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…
जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइयो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित विभिन्न संस्थाको आयोजनामा जेठ २१ गते जिल्लामा १७ औँ राष्ट्रिय जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइएको छ । इन्सेक पाँचथरसहित विभिन्न सरोकारवाला…