इन्सेकको खबरदारीले मानव अधिकार संरक्षणमा सहयोगः एसपी जोशी
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी उमेशराज जोशीले इन्सेकको खबरदारीले नागरिकको मानव अधिकार संरक्षणमा टेवा पुगेको बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँ र मानव अधिकार निगरानी समूहको आयोजनामा जेठ २५ गते दमौलीमा सम्पन्न नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि संङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै एसपी जोशीले नागरिकको मानव अधिकारको संरक्षण र सुशासनको लागि इन्सेक जस्ता खबरदारी निरन्तर आवश्यक रहेको बताए ।
केही वर्षअघिसम्म मानव अधिकार भन्नासाथ प्रहरी, सेना जस्ता राज्यका संयन्त्रलाई गाली गर्ने विरोधी भन्ने गरिएको भएपनि अहिले मानव अधिकार नागरिकका आधारभुत अधिकारसँग बढी सम्बन्धित भएको एसपी जोशीको भनाइ थियो । मानव अधिकार संरक्षण गर्न प्रहरी निकै सचेत भएको भन्दै उनले अहिले नयाँ बन्दै गरेका प्रहरी कार्यालयको हिरासतगृह मानव अधिकारमैत्री भएको बताए ।
कार्यक्रममा इन्सेक तनहुँ जिल्ला प्रतिनिधिले सन २०१७ को पहिलो ६ महिनाको जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समुह र जनकल्याण माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते सडक…
मानवअधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश सरकार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा मङ्सिर २० गते पोखरामा मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…