इन्सेकको काम र प्रभावकारीताका विषयमा समाज कल्याण परिषद्का प्रतिनिधिद्वारा मूल्याङ्कन
बितेको अढाइ वर्षको अवधिमा इन्सेकले आरएनइ परियोजनामार्फत गरेका कामहरूको प्रभावकारीताको मूल्याङ्कन समाज कल्याण परिषद्का प्रतिनिधिले छलफल र अन्तरक्रियाका माध्यमबाट गरेका छन् ।
इन्सेकको काम र प्रभावकारीता मूल्याङ्कनका लागि मोरङ आएका समाज कल्याण परिषद्का परामर्शदाता रविन राई र प्रतिनिधि अनिल चन्दले ०८० फागुन २० गते राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख पवन भट्ट, जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदीलाल कामती, जिल्ला समन्वय समिति मोरङ प्रमुख अजम्वर राई, उपप्रमुख उषा झा, समन्वय समितिका नौ जना पदाधिकारी, नागरिक समाजका प्रतिनिधि र मोरङका पत्रकारसँग छलफल गरी इन्सेकको काम र प्रभाकारीताका विषयमा मूल्याङ्कन गरेका हुन् ।
छलफलका क्रममा राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख पवन भट्टले इन्सेकले मानव अधिकार संरक्षण र सम्वद्र्धनका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहाँले ०८० साउन २४ गते सङ्खुवासभा कारागारमा दुई जना कैदीको शङ्कास्पद मृत्यु घटनामा आयोग र इन्सेकले सँगै अनुगमन गरेको बताउनु भयो । उहाँले इन्सेकले साउन ३२ गते विराटनगरमा पत्रकार सम्मेलन गरी कारागारमा निर्मम यातना दिएर कैदीको मृत्यु भएको सूचना आम नागरिकलाई दिएको र आयोगले सोही बमोजिम गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको बताउनु भयो ।
सोही क्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदीलाल कामतीले इन्सेकले देशभर नेटवर्क सिर्जना गरेको र हरेक ६-६ महिनामा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा समीक्षा हुँदा मानव अधिकार संरक्षण र सम्वद्र्धनका लागि सहयोग पुगेको बताउनु भयो । उहाँले इन्सेकको वर्ष पुस्तकमा नाम आउने भयले प्रहरीले मानव अधिकार सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरेको बताउनु भयो ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर काङवाङ्ग राईले इन्सेकले मानव अधिकार संरक्षणका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।
इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरमा भएको छलफलमा समाज कल्याण परिषद्, सङ्घसंस्था अनुगमन शाखाका परामर्शदाता रविन राई, सुनिल चन्दले नेपाल पत्रकार महासङ्घ मोरङका सचिव नेत्रपी अधिकारी, वरिष्ठ पत्रकार यज्ञ शर्मा, रेडियो नेपालका मोरङ प्रतिनिधि कुमोद अधिकारी, उद्घोष दैनिक विराटनगरका सम्वाददाता बाबुराम भण्डारी, मानव अधिकारसम्बन्धी कानुन विज्ञ कोषराज न्यौपानेलगायतसँग छलफल गरेका हुन् ।
छलफलमा समाज कल्याण परिषद्का प्रतिनिधिहरूले इन्सेकले जिल्लामा मानव अधिकार संरक्षण र सम्वद्र्धनका लागि गरेका प्रयास र पत्रकारहरूसँग के कस्तो समन्वय गर्दै आएको छ, सो विषयमा जानकारी लिएका छन् ।
इन्सेकले बितेको अढाई वर्षमा मानव अधिकार संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि सरोकारवाला, प्रहरी र प्रशासनसँग कसरी समन्वय गरेको छ ? सो विषयमा छलफल र अन्तरक्रियाका माध्यमबाट इन्सेकको कामको मूल्याङ्कन गरिएको समाजक कल्याण परिषद्, सामाजिक सङ्घसंस्था अनुगमन शाखाका परामर्शदाता रविन राईले बताउनु भयो ।
अनुगमन टोलीसँगको भेटमा वरिष्ठ पत्रकार यज्ञ शर्माले इन्सेकले पत्रकारहरूसँग समयसमयमा छलफल र समन्वय गर्दै आएको जानकारी दिनुभयो । उहाँले इन्सेकले वर्ष पुस्तकका विषयमा वर्षको दुई पटक पूर्व समिक्षा कार्यक्रम गरी राय सुझावसमेत लिने गरेको बताउनु भयो । पत्रकार शर्माले आर्थिक अभाव र दातृनिकायहरूको लगानी घट्दै जाँदा इन्सेकले गर्ने गतिविधिहरू पनि कम हुँदै गएको बताउनु भयो । उहाँले मानवअधिकारको विषय निरन्तर खवरदारी गर्नु पर्ने र जनचेतनासमेत निरन्तर आवश्यक भएपनि दातृ निकायले बजेट घटाउँदा गतिविधि न्यून हुनु राम्रो नभएको बताउनु भयो । उहाँले इन्सेकका गतिविधिहरू बढाउन थप बजेटको आवश्यकता रहेकाले थप बजेट तथा कार्यक्रमका लागि पहल आवश्यक रहेको धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासङ्घ मोरङका सचिव नेत्रपी अधिकारीले मानवअधिकार उल्लङ्घनका घटनाको स्वरुप बदलिएको भए पनि घटना न्यून नभएका कारण मोरङलगायत कोशी प्रदेशमा मानवअधिकार संरक्षण र सम्वद्र्धनका कार्यक्रम निरन्तर आवश्यक भएपनि राज्य तथा दातृ निकायको ध्यान पुग्न नसकेको बताउनुभयो । अधिकारीले इन्सेकका गतिविधि खुम्चिंदै जानु मानवअधिकार क्षेत्रमा काम गर्नेहरूकै लागि दुखद भएकाले इन्सेकलाई थप कार्यक्रम र बजेटसहित गतिशील बनाउँदै लैजानु नेपाल सरकारको पनि दायित्व भएको बताउनु भयो । उहाँले इन्सेकले वर्ष पुस्तकमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा आलेख प्रकाशन गर्नेहुँदा त्यसको महत्व सबैलाई रहेको बताउनु भयो ।
रेडियो नेपाल मोरङका प्रतिनिधि कुमोद अधिकारीले इन्सेकका कार्यक्रमलाई स्थानीयतहमा लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले मानवअधिकार सम्बन्धी गतिविधि देशका सबै जिल्लामा निरन्तर सञ्चालन गरिरहेको र सबै भन्दा ठूलो नेटवर्क पनि भएकाले इन्सेकलाई थप बलियो बनाउन बजेट तथा कार्यक्रम थप गर्न समाजकल्याण परिषद्का प्रतिनिधिहरूलाई सुझाव दिनुभयो ।
उद्घोष दैनिक विराटनगरका पत्रकार बाबुराम भण्डारीले मानवअधिकारको क्षेत्रमा लामो समयदेखि काम गरिरहेको इन्सेकले मोरङका पत्रकारहरूसँग समन्वय गर्दै आएको बताउनु भयो । गम्भीर प्रकृतिका मानवअधिकार उल्लङ्घनका घटनामा पत्रकारहरूलाई समेत अनुगमनमा इन्सेकले लैजाने गरेको भण्डारीले बताउनु भयो । उहाँले पछिल्ला वर्षहरूमा इन्सेकका कार्यक्रमहरू विगतको तुलनामा घट्दै गएका कारण पुनः थप बजेट र कार्यक्रको व्यवस्था गरी मानवअधिकारका गतिविधि गाउँसम्म पुर्याउने अभियान सुरु गर्नु आवश्यक रहेको धारणा राख्नुभयो ।
मानवअधिकार कानुनविज्ञ कोषराज न्यौपानेले मानवअधिकार उल्लङ्घनका घटनाको प्रवृत्ति समय अनुसार वदलिने भएकाले मानवअधिकार सम्बन्धी सचेतना निरन्तर आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले कोशी प्रदेशमा नागरिक समाजको परिचालनका लागि दातृ निकायको लगानी घट्दै जाँदा नागरिक समाज र यससम्वद्ध संघ संस्थाको भूमिका पनि खुम्चिंदै गएका कारण सरकार र दातृ निकायले नागरिक समाजको भूमिकालाई थप मजवुत बनाउन लगानी बढाउन आवश्यक रहेको सुझाव दिनुभयो ।
समाज कल्याण परिषद्का प्रतिनिधिसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रममा इन्सेक कोशी प्रदेशका प्रमुख सोमराज थापा, इन्सेक मोरङ प्रतिनिधिलगायतको उपस्थिति थियो ।
विनोद सुवेदी
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…