इन्सेकको आयोजनामा बाल विवाह र लैंगिक हिंसा विरूद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन
गाउँपालिका–४ जानकी माविमा इन्सेकद्वारा गठित बाल अधिकार समूह र मानव अधिकार सचेतना समूह खजुरा इन्सेकको आयोजनामा बाल विवाह र लैंगिक हिंसाविरूद्ध सचेतनामूलक सडक नाटक फागुन २२ गते प्रदर्शन गरेको छ ।
जानकी माविका सहायक प्रधानाध्यापक ललितबहादुर खत्रीले विद्यालयमा बालबालिकाहरूको ज्ञान सीप क्षमता अभिबृद्धि हुने र समुदायमा सचेतना फैलाउनमा सहयोग गर्ने गरेको बताउनु भयो ।
जानकी गाउँपालिका अधिकृत जीतबहादुर श्रेष्ठले समुदायमा दाइजोको कारण घरेलु हिंसा बढी हुने भएकाले समुदायमा भएको वाल विवाह, दाइजो प्रथा र घरेलुहिंसाविरुद्धसडक नाटक मार्फतबाट समुदायलाई सचेत बनाउने काम गरेको बताउनु भयो ।
इन्सेकले विगत दुई वर्षदेखि मानव अधिकार गठन गरि उक्त विद्यालयमा विभिन्न सचेतनात्मक तथा बालबालिकाहरूको क्षमता अभिबृद्धि गर्ने, समुदायमा सचेतना गराउदै आएको जसको प्रभावले बालविवाह र घरेलुहिंसा न्यूनिकरणमा सहयोग पुग्ने इन्सेक जिल्ला सहजकर्ता लक्ष्मी थारूले बताउनु भयो ।
ध्रुबराज शर्मा
सम्बन्धित इन्सेक गतिविधिहरू
गण्डकीमा बाल अधिकार समूहको प्रदेशस्तरीय सञ्जाल बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा गण्डकी प्रदेशमा बाल अधिकार समूहको प्रदेशस्तरीय सञ्जाल बैठक फागुन ४ गते सम्पन्न भएको छ । बैठकमा बाल अधिकार समूहहरूको कार्यप्रगति समीक्षा गर्दै आगामी योजनाका…
गण्डकीमा मानव अधिकार समूह परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा प्रदेशस्तरीय मानव अधिकार समूह परिचालन बैठक फागुन ४ गते सम्पन्न भएको छ । बैठकमा समूहको कार्यप्रगति समीक्षा गर्दै आगामी योजनाका विषयमा छलफल गरिएको थियो…
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…