इन्सेकका पर्यवेक्षकलाई अभिमूखीकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले असार १४ गते हुने स्थानीय तहको निर्वाचनको स्वतन्त्र निश्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्नका लागि पर्यवेक्षकहरूका लागि एक दिवसीय अभिमूखीकरण कार्यक्रम असार १२ गते तौलिहवामा सम्पन्न भएको छ ।

कार्यक्रममा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान कपिलवस्तुका संयोजक रामदयाल ठाकुर, इन्सेक जिल्ला प्रतिनिधि नन्दराम पौडेल तथा नियोकका संयोजक पशुपतिमणी त्रिपाठीले सहजीकरण गरेका थिए ।

निर्वाचन आचारसंहित, पर्यवेक्षक आचारसंहिता, निर्वाचन पर्यवेक्षण गर्ने विधि तरिकाको विषयमा पर्यवेक्षकलाई जानकारी दिइएको थियो ।

कार्यक्रममा मानव अधिकार निगरानी समूहकी संयोजक माया ज्ञवालीले पर्यवेक्षकहरू निश्पक्ष, स्वतन्त्र रूपमा पर्यवेषण गर्न आग्रह गरेकी थिइन् ।

नन्दराम पौडेल