इएलपी परियोजनाको अनुगमन सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा तनहुँ जिल्लाको भानु नगरपालिका र बन्दिपुर गाउँपालिकामा सञ्चालित स्थानीय जनतालाई सेचत पार्दै जिम्मेबार निकायलाई जवाफदेही बनाउने (इएलपी) परियोजनाको ०७८ चैत १९ गते इन्सेक केन्द्रीय कार्यालय र गण्डकी प्रदेश कार्यालयबाट अनुगमन गरिएको छ ।
सो अवसरमा शिक्षा, स्वास्थ्य खाद्य र आवासको क्षेत्रमा इन्सेकले सञ्चालन गरेको कार्यक्रमको प्रभावको बारेमा स्थानीय सरोकारवाला निकाय र मानव अधिकार समुहका सदस्यहरूसँग छलफल गरिएको थियो ।
बन्दिपुर गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष करूणा गुरूङले इन्सेकको परियोजनाले गाउँपालिकालाई नीति निर्माणमा निकै सहयोग पुगेको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्र मात्र नभइ इन्सेकले समग्र मानव अधिकारको क्षेत्रमा गाउँपालिका र यसका सरोकारवालाहरूलाई खबरदारी र सचेत बनाउने कार्यक्रम गरेको र यसले गाउँपालिकाई निकै सहयोग पुगेको यो कार्यक्रम भविष्यमा पनि निरन्तर हुनुपर्ने उपाध्यक्ष गुरूङको भनाई थियो ।
सो अवसरमा मानवअधिकार समुहकी संयोजक शान्ती कुँवर, सदस्य सविना मल्ल, शर्मिला प्रधान लगायतले कार्यक्रमको प्रभावकारिताको बारेमा जानकारी गराउनुभएको थियो ।
यसैगरी भानु नगरपालिकामा आयोजित छलफलमा मानव अधिकार समूहका संयोजक कृष्णराज धमनीया, मानव अधिकार समूहका सदस्य तुलसी गैरे, रूक्मिणी खनाल, मिना श्रेष्ठ लगायतले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा नगरपालिकालसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरिएको बताउनुभएको थियो ।
उहाँहरूले आफुलाई मानव अधिकार सम्बन्धी तालिमको आवश्यकता भएको जोड दिनुभएको थियो ।
अनुगमनमा इन्सेक केन्द्रीय कार्यालयकी प्रतिनिधि सुना प्याकुरेल, इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल, कार्यक्रम अधिकृत सवनम शर्मा, इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले इएलपी कार्यक्रमको प्रभावकारिताको बारेमा छलफल गर्नुभएको थियो ।
यसैगरि इन्सेक केन्द्रीय कार्यालय र गन्डकी प्रदेश कार्यालयले तनहुँ जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा जिल्लाका सरोकारवालाहरूसँग छलफल गरेको छ ।
जिल्लाको मानव अधिकारको अवस्था, शान्ति सुरक्षाको स्थिति, निर्वाचन केन्द्रीत सुरक्षाको बारेमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरे तथा जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रबाबु रेग्मी तथा स्थानीय मानव अधिकारकर्मीहरूसँग भेट गरी जानकारी लिएको हो ।
जिल्लामा अहिले मानवअधिकारको अवस्था सन्तोषजनक रहेको र निर्वाचन केन्द्रीत सुरक्षा अवस्थालाई पनि चुस्त बनाइएको उहाँहरूले बताउनुभयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते चरिकोटमा सम्पन्न भयो । इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२३…
वार्षिक कार्यक्रम समीक्षा सम्पन्न
इन्सेक केन्द्रीय कार्यालयको आयोजनामा भएको दुई दिने केन्द्रीय वार्षिक समीक्षा कार्यक्रम असार १५ गते समापन भएको छ कार्यक्रममा सातै प्रदेशमा गरिएका तीन वर्षे कार्यक्रमका उपलब्धिको समीक्षा सहितको प्रस्तुति प्रदेश कार्यालयका…