इएलपी कार्यक्रमको वार्षिक समीक्षा बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय काठमाडौँ अन्तर्गतका ६ जिल्लामा सञ्चालित स्थानीय समुदयालाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल (इएलपी) कार्यक्रमको वार्षिक समीक्षा बैठक जेठ २६ गते काठमाडौँमा सम्पन्न भएको छ ।
बैठकमा इन्सेक केन्द्रीय कार्यालयका अर्थ तथा व्यवस्थापन प्रमुख प्रेम पराजुलीले इन्सेकको नीति नियम तथा आर्थिक व्यस्थापनसम्बन्धी जानकारी गराएका थिए ।
सरकारले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि वार्षिक रूपमा बनाएको योजना स्थानीय स्तरमा लागु भए नभएको विषयमा निगरानी गर्न र गराउन सहजकर्ताहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्न उनले सुझाव दिए ।
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालहरूको पहिचान गर्न जिल्लामा गठित मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूलाई सिकाउन र सरोकारवाला निकायमार्फत ती अधिकार पुरा गराउन सकिए मात्र यो कार्यक्रमको सार्थकता पूरा हुने उनले बताए ।
इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतमले इएलपी कार्यक्रम जनताको प्रत्यक्ष सरोकारका विषयसँग सम्बन्धित रहेकोले राज्यले सुनिश्चित गरेका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको खोजी गर्दै सेवा प्रदायक निकायलाई त्यसप्रति जबाफदेही बनाउने कार्यमा लाग्न सहजकर्ताहरूलाई सुझाव दिए ।
कार्यक्रममा इएलपी कार्यक्रम सञ्चालित धनुषा, बारा, पर्सा, धादिङ, सिन्धुपाल्चोक र दोलखा जिल्लाका सहजकर्ताहरूले कार्यक्रमको प्रगति तथा उलब्धिका बारेमा प्रस्तुती गरेका थिए ।
इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँ
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समुह र जनकल्याण माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते सडक…
मानवअधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश सरकार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा मङ्सिर २० गते पोखरामा मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…