आवासको अधिकार विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा असार १५ गते चन्द्रपुर नगरपालिका–७ बनबहुअरी मुसहर टोलमा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा स्थानीय लिलावती माझीले घरमा छाना नभएर आफन्तको घरमा गएर बस्नु पर्ने बाध्यता रहेको गुनासो गर्नु भयो ।
घर नभएकाले बालबालिकाहरू वर्षातको समयमा असुरक्षित रहेको तथा बालबालिकाहरूले शिक्षा र स्वास्थ्यका समस्याहरू भोग्नु परेको उहाँको गुनासो छ । स्थानीय नन्दनी माझीले व्यवस्थित घर नभएका कारण सुत्न बस्न कठिन भएको बताउनु भयो ।
चन्द्रपुर नगरपालिकाकी उपप्रमुख रामरती चौधरीले जनता आवास कार्यक्रमलाई पूर्णता दिनुपर्नेमा जोड दिनु भयो ।
जनता आवास कार्यक्रमले आवासविहीन दलित समुदायको आवासको अधिकार पूर्ण रूपमा सुनिश्चित गर्न नसकेतापनि आगामी दिनमा सम्पूर्ण अवासविहीन नागरिकहरूको आवासको अधिकार संरक्षण गर्नमा आफ्नो तर्फबाट पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कोपिला तिमल्सिना
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन
मध्यविन्दुमा रहेको नेपाल लोक सेवा माध्यमिक विद्यालयमा इन्सेकद्वारा गठन भएको बाल अधिकार समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १६ गते विद्यालय परिसरमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो…
मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कास्की को मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका साथै नवलपुरको देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिकामा गठित मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक ०८० मङ्सिर १६ गते…
लैगिंक हिंसा विरूद्धको अभियानको अवसरमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी सचेतना मूलक सडक नाटक प्रदर्शन
कपिलवस्तु नगरपालिका– ३ स्थित श्री यशोधरा मावि तौलिहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना , कपिलवस्तु नगरपालिका– १ र ३ को वडा कार्यालयको समन्वयमा…
बालअधिकार समूहको प्रदेशस्तरीय सन्जाल बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित कास्की र नवलपुरका बालअधिकार समूहको प्रदेशस्तरीय सन्जाल बैठक ०८० मङ्सिर १६ गते पोखरामा सम्पन्न भएको छ । बैठकमा बालअधिकार समूहका गण्डकी प्रदेशका अध्यक्ष…
लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-३, पलासेस्थित सूर्योदय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक…