आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा भानु नगरपालिकामा आवासको अधिकारसम्बन्धी सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम असोज १२ गते भानु नगरपालिका–१ स्थित गन्धर्व बस्तीमा सम्पन्न भएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको आवाससम्बन्धी कार्यक्रम र नेपाल सरकार तथा गाउँपालिकाको आवाससम्बन्धी नीति तथा कार्यान्वयनको अवस्थाको बारेमा सरोकारवालाहरूलाई जानकारी दिने, सुझाव सङ्कलन गर्ने तथा समस्या पहिचान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै भानु नगरपालिका–१ का अध्यक्ष प्रेमबहादुर लामाले संविधानले मौलिक हकको रूपमा व्यवस्था गरेको आवाससम्बन्धी हकलाई नगरपालिकाले पनि उचित सम्बोधन गरेको बताउनुभयो ।
उहाँले आवास विहिनहरूकोलागि आवास निर्माण, खरको छानो मुक्त घर तथा जनता आवास कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन वडा कार्यालय मार्फत फारम भरिएपनि सरकारले नै भूमि व्यवस्था आयोग खारेज गरेर जग्गाधनी पुर्जा प्राप्त गर्न भूमिहिनहरू वञ्चित भएको अध्यक्ष लामाले बताउनुभयो ।
नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले सबै नागरिकलाई सुरक्षित आवासको व्यवस्था गर्न नगरपालिका लागि परेको बताउनुभयो ।
पहिलेदेखी नै घर नभएका मात्र हैन, प्राकृतिक प्रकोपको कारण घर भत्किएका नागरिकलाई पनि आवास निर्माण गर्न नगरपालिकाले बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो ।
इन्सेकद्वारा भानु नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहकी सदस्य तुलसी गैरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा सदस्य मिठु गैरे, मानव अधिकार समूहकी सदस्य खिमकुमारी गुरुङ, स्थानीय धनमाया गन्धर्व, सरिता गन्धर्व, लालुमाया बानीयाँ लगायतले विभिन्न समस्याहरू प्रस्तुत गर्नुभएको थियो ।
भानु नगरपालिका वडा नम्बर १ को उक्त गन्धर्व बस्तीमा करिब ३० घर गन्धर्वहरू रहेका छन् । उनीहरू मध्ये अधिकांशको मुख्य पेशा भनेको सारङ्गी बनाएर बिक्री गर्ने तथा राजमार्गका सवारी साधनमा सारङ्गी रेटेर गीत गाएर पैसा सङ्कलन गर्ने स्थानीय मानव अधिकार समूहकी सदस्य तुलसी गैरे गन्धर्वले बताउनुभयो ।
आफ्नो नाममा जग्गाधनी प्रमाणपुर्जा नभएको र घर समेत नभएका उनीहरूलाई केही वर्ष अघि सरकारले जनता आवास कार्यक्रम मार्फत घर निर्माण गरी हस्तान्तरण गरेको थियो तर घर भएपनि सिपमुलक तालिम र अन्य रोजगार र शिक्षाबाट वञ्चित हुनु परेको स्थानीय कृष्ण गन्धर्वले बताउनुभयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित इन्सेक गतिविधिहरू
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…
प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
बाल अधिकारको सवाललाई विद्यालय र स्थानीयस्तरबाट उठानका लागि इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा चैत ४ गते प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन गरिएको छ । सुनसरी देवानगञ्जका अक्षय यादवको अध्यक्षतामा ११ सदस्यीय…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले मानव अधिकार शिक्षा कार्यक्रमअन्तर्गत धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले सोहि नगरपालिकाको नक्टाझिज–६ (पोखरी महार)…