आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्थानीय समुदायलाई सचेत पार्दे जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तरगत माईजोगमाई गाउँपालिकामा फागुन १७ गते आवासको अधिकार सम्बन्धी अन्तरकिया कार्यक्रम सम्पन्न भएको छ ।
इन्सेक प्रदेश १ कार्यालयको विराटनगरको आयोजना तथा मानव अधिकार समूह जोगमाईको सहजीकरणमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रम माइजोगमाई गाउँपालिका प्रमुख जीतबहादुर राईले मानव अधिकार निगरानी समूहले शिक्षा स्वास्थ्य खाद्य र आवासको अधिकारका सवालमा गाउँपालिकाका समस्या पहिचान गरी आफूहरुलाई सहज भएको बताउनु भयो । उहाँले मानव अधिकार निगरानी समूहले आवासको अधिकारका सवालमा उठाएका समस्याहरुलाई सम्बोधन गर्दै जाने बताउनु भयो ।
गाउँपालिकाका योजना तथा प्रशासन शाखा अधिकृत गोकुल सञ्लेलले इन्सेकले मानव अधिकार समूहमार्फत गाउँपालिकालाई शिक्षा स्वास्थ्य खाद्य र आवासका सवालमा योजना बनाएर कार्य सम्पादन गर्न सहज भएको बताउनु भयो ।
सो अवसरमा इन्सेक सहजकर्ता नारद चाँपागाइले गाउँपालिका -५ मा सुकुम्वासी समस्या रहेको विषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सेवाग्राहीले गणेश राईले राज्यले ५० हजार रुपियाँ सहयोग गरेपनि त्यो प्रर्याप्त नभएको बताउनु भयो । उहाँले सुकुमवासीहरुका समस्या समाधानका लागि गाउँपालिकाले कार्यविधि बनाएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।
कोकिला ढकाल
सम्बन्धित इन्सेक गतिविधिहरू
अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले असार १३ गते मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा सम्पन्न भयो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रमेश गिरीले तथ्याङ्क सार्वजनिक…
अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवाा केन्द्र (इन्सेक) द्वारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को लागि जिल्लामा स ङ्कलित घटनाको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार १३ गते धादिङबेसीमा सम्पन्न…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाश पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम असार १२ गते बैतडीमा सम्पन्न भएको छ । इन्सेकले…
जिल्ला प्रतिनिधीसँगको अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा जिल्ला प्रतिनिधिहरुसँग प्रदेशका मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम असार १० गते मकवानपुरको इन्द्रसरोवर–१ मार्खुमा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा सिन्धुपाल्चोक…
जिल्ला प्रतिनिधिहरुसँगको अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा जिल्ला प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम असार १० गते धनुषाको लालगढमा सम्पन्न गरिएको छ । जिल्ला प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा सप्तरी प्रतिनिधि मनोहर पोखरेलले जिल्लामा…