आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा विनयी त्रिवेणी गाउँपालिकामा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम जेठ ३० गते सम्पन्न भएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने परियोजना अन्तर्गत आयोजित अन्तरक्रियामा गाउँपालिकाका भूमि फोकल पर्सन ऋषि काफ्लेले गाउँपालिकामा खरको छानो विस्थापन कार्यक्रम सञ्चालनमा रहेको बताउनु भयो ।
उहाँले गाउँपालिकाले आवासको सुरक्षण संगै भूमिको व्यवस्थापनमा विभिन्न कामहरु गरिरहेको जानकारी दिनु भयो ।
उहाँले चार हजार भन्दा बढी भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थितहरुको तथ्याङ्क सङ्कलन भएको जानकारी गराउनु भयो ।
कार्यक्रममा सहभागीहरूले गाउँपालिकाले भूमिसम्बन्धी समस्या सामाधानको लागि गरिरहेको कामहरुको बारेमा जिज्ञासा राखेका थिए ।
विनयी त्रिवेणी गाउँपालिकाको बजार क्षेत्रमा रहेको आवासविहिन परिवारको लागि आवासको व्यवस्थापन गर्न समेत सुझाव दिएका थिए ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले आवासको अधिकार मैलिक हकको रुपमा संविधानमा व्यवस्था भएको भन्दै अधिकारको कार्यान्वयनमा स्थानीय सरकारसंगै सरोकारवालाहरु सक्रिय हुनुपर्नेमा जोड दिनु भयो ।
उहाँले मौलिक हकको रुपमा व्यवस्था भएको आवास र खाद्यको अधिकारसंग भूमि सम्बन्धि अधिकार प्रत्यक्ष जोडिने भन्दै गाउँपालिकाले गरिरहेको कार्यहरुको बारेमा जानकारी गराएकोमा फोकल पर्सन काफ्लेलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा मानव अधिकार समूह विनयी त्रिवणीका सदस्य तेज प्रसाद कोइरालाले इन्सेकले मानव अधिकार समूह गठन गरेर गाउँपालिका भित्र मानव अधिकार संरक्षणमा कार्य गर्दै आएको बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित इन्सेक गतिविधिहरू
वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डिसिएको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक असोज १६ गते नेपालगञ्जमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश संयोजक भोला महतले …
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डब्लुपीडी नेपालको सहयाेगमा मनहरीमा सञ्चालित मानव अधिकार र महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न भएको छ । महिला समूह गठन…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…