आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा बन्दिपुर गाउँपालिकामा आवासको अधिकारसम्बन्धी सरोकारवालाहरुबिच अन्तरक्रिया कार्यक्रम ०७८ माघ १८ गते वडा नम्बर १ स्थित पिप्लेमा सम्पन्न गरिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको आवाससम्बन्धी कार्यक्रम र नेपाल सरकार तथा गाउँपालिकाको आवाससम्बन्धी नीति तथा कार्यान्वयनको अवस्थाको बारेमा सरोकारवालाहरुलाई जानकारी दिने, सुझाव सङ्कलन गर्ने तथा समस्या पहिचान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।
सो कार्यक्रममा बोल्दै बन्दिपुर गाउँपालिका वडा नम्बर १ का भानुभक्त पोख्रेलले संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको आवाससम्बन्धी हकलाई गाउँपालिकाले पनि उचित सम्बोधन गरेको बताउनुभयो ।
उहाँले आवास विहिनहरुकोलागि आवास निर्माण, खरको छानो मुक्त घर तथा जनता आवास कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
भुमिहिनहरुलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन वडा कार्यालय मार्फत फारम भरिएको बताउनुभयो ।
गाउँपालिकामा भुकम्पबाट क्षति भएको तर्फ ३ सय २७ जना लाभग्राहीको सूचिमा भएपनि ३ सय ५१ जना लाभग्राहीले घर बनाएको वडा अध्यक्ष पोख्रेलले बताउनुभयो ।
त्यसमध्ये २ सय ८३ जनाले दोश्रो किस्ताको रकम बुझेको र २६ जनाले मात्र तेश्रो किस्ताको रकम बुझेको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी खरको छानो मुक्त कार्यक्रम तर्फ १ सय ९१ जना वडा कार्यालयहरुबाट सिफारिस भएकोमा १ सय ६० जनाले खरको छानो हटाउन ५० हजार रुपियाँ प्राप्त गरेको जानकारी दिनुभयो ।
प्राकृतिक प्रकोपको कारण घर क्षति भएकाहरुको घर निर्माणकोलागि सम्झौता भइसकेपनि रकम प्राप्त भइ नसकेको वडाध्यक्ष पोख्रेलले बताउनुभयो ।
सबै नागरिकलाई सुरक्षित आवासको व्यवस्था गर्न गाउँपालिका लागि परेको उहाँको भनाइ छ ।
उहाँले पहिलेदेखि नै घर नभएका मात्र हैन, प्राकृतिक प्रकोपको कारण घर भत्किएका नागरिकलाई पनि आवास निर्माण गर्न गाउँपालिकाले बजेट बिनियोजन गर्ने बताउनुभयो ।
वडा नम्बर १ का वडाध्यक्ष अमृत शाहीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विष्णु माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण अधिकारी, स्थानीय अगुवा गोविन्दप्रसाद अधिकारी, सिके विके क्याम्पसका प्राध्यापक बद्रिकुमार श्रेष्ठ, भंगेरी आधारभतु विद्यालयका प्रअ टिकाराम गिरी लगायतले आवासको अधिकारको बारेमा संविधानमा भएका व्यवस्थाको कार्यान्वयनको बारेमा जिज्ञासा राख्नुभएको थियो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…