आवासको अधिकारसम्बन्धमा सरोकारवालासँग सेवा प्रवाहको अवस्था विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा ०७८ चैत १८ गते भीमेश्वर नगरपालिकामा आवासको अधिकारसम्बन्धी सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
मानव अधिकार समूह भीमेश्वर नगरपालिकाको आयोजना तथा इन्सेकको सहयोगमा जिल्ला सदरमुकाम चरिकोटमा सो कार्यक्रम सम्पन्न गरिएयो ।
कार्यक्रमका सहभागीहरूले आवास अधिकारका सम्वन्धमा सचेतनाका कार्यक्रम नभएको, २०७२ सालको भुकम्पका कारण भीमेश्वर नगरपालिका भित्रका अधिकांश घर ध्वस्त भएको, आवास निर्माणका लागि सरकारले अनुदान उपलव्ध गराए तापनि निर्माण सामग्रीको अत्याधिक मूल्यवृद्धिका कारण लाभग्राही ऋणमा डुबेको, वास्तविक पीडितको नाम लाभग्राही सूचिमा नपरेको, प्राविधिक समयमा उपलव्ध नहुनु जस्ता समस्या झेल्नु परेको बताए ।
सार्वजनिक तथा नीजि घरहरू अपाङ्ग, जेष्ठ नागरिक तथा बालमैत्री अझै बन्न नसकेको आवास निर्माण सामग्रीको बजार भाउको नियण्त्रण हुन नसकेको, समयमा नक्सा पास नहुने र प्राविधिक सहयोग नपांउनु, आवासको अधिकारसम्बन्धी आवस्यक कानुन निर्माण नभएको गुनासो अधिकांश सहभागीको रहेको थियो ।
कार्यक्रममा भीमेश्वर नगरपालिका उपप्रमुख कमला बस्नेतले प्राविधिक नगरपालिकाको प्रत्येक बडामा व्यवस्था गरिएको छ तर काममा ढिलासुस्ती भएमा नगरपालिकाले छिटोछरितो ढङ्गबाट काम गर्न सम्बन्धित फाटलाई जनकारी गरांईने, आवासका नक्सा पासमा ढिलासुस्ती वा काममा अवरोध भएमा तुरुन्त स्थानीय सरकारका चुनिएका जनप्रतिनिधीलाई खबर गर्न आग्रह गर्नुभयो ।
ऐतिहांसिक पुरातात्कि शहरमा भवन निर्माण गर्ने घरमुलीलाई प्रोत्साहन स्वरुप नगरपालिकाले पचास हजार रुपैयाँ सहयोग गरेको पनि उहाँले बताउनुभयो ।
भीमेश्वर नगरपालिकाका इन्जिनिएर रामजी थापाले बालमैत्री, जेष्ठ तथा अपाङ्ग मैत्री आवास निर्माणका लागि नगरपालिकावाट भर्खरै कानुन पारित गरिएको, प्राविधिका कर्मचारिले आवास निर्माणका चरणमा कुनै दुख, ढिलासुस्ती गरेमा सिधै नगरपालिकाको प्राविधिक शाखामा जानकारी गराउन आग्रह गर्नुभयो ।
उद्धव पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार निर्देशिका कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
वीरेन्द्रनगर नपाका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर नपाको समन्वयमा इन्सेकले तयार गरेको मानव अधिकार निर्देशिका कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले असार २२ गते वीरेन्द्रनगरमा…
मानव अधिकार उल्लङ्घनका पीडितलाई न्यायमा पहुँच पु¥याउन कोष स्थापनामा जोड
मानव अधिकार उल्लङ्घन घटनाका पीडितलाई न्यायमा पहुँच पु¥याउन कोष स्थापना हुनुपर्ने एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । इन्सेकद्वारा जाजरकोटको खलंगामा असार २२ गते अधिकारकर्मीबीच आयोजित छलफल कार्यक्रममा जिल्ला स्तरीय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक पूर्व समीक्षा असार २१ गते परासीमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि…
सिफारिस संयन्त्रलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्नेमा जोड
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले गठन गरिएको जिल्ला स्तरीय सिफारिस संयन्त्रलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड…
रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखीकरण सम्पन्न
रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखीकरण असार २० गते सम्पन्न गरिएको छ । सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा इन्सेक गण्डकी प्रदेशले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रममा…