आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसम्बन्धी स्थलगत अनुगमन
इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्ज र वैजनाथ गाउँपालिकास्तरीय मानव अधिकार रक्षक सञ्जालको आयोजनमा मानव अधिकारकर्मीहरूले वैजनाथ गाउँपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसम्बन्धी पुस २२ गते स्थलगत अनुगमन गरेका छन् ।
अनुगमनका टोलीले वैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल, गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वराज ढकाल र स्वास्थ्य शाखा प्रमुख लक्षमण राज शाहीसँग गाउँपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसम्बन्धी विषयमा जानकारी लिनुका साथै सुझाव समेत दिएको थियो ।
अनुगमनमा वैजनाथ गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खाद्यसम्बन्धी दिइरहेको सेवामा पहिलेको भन्दा सकारात्मक परिवर्तन पाइएको इन्सेक लुम्बिनी प्रदेश कार्यालयकी कार्यक्रम अधिकृत सरस्वती मल्लले बताउनु भयो ।
अनुगमनका क्रममा वैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले आवासका सन्दर्भमा सङ्घीय सरकारले फुसको छानो हटाउने कार्यक्रम ल्याएको हुनाले गाउँपालिकाका १ सय ७० ओटा फुसको छानो विस्थापित गर्न बजेट पारित गरेको बताउनु भयो ।
उहाँले खाद्य अधिकारमा गरिव तथा विपन्न, दलित र अपाङ्ग परिवारलाई आर्थिक सामाजिक विकास समिति अन्तर्गत ४ सय ३२ घर परिवारलाई कुखुरा वितरण गरेको बताउनु भयो ।
उहाँले परम्परागत र वैज्ञानिक रूपमा गरिएको खेतिलाई विष्लेशण गर्नको लागि आइपिएम कृषि पाठशाला चलाएको बताउनु भयो ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वराज ढकालले गाउँपालिकाका सम्पुर्ण सरकारी विद्यालयहरूमा आधारभुत तहसम्म अनिवार्य र निःशुल्क शिक्षा बनाएको बताउनु भयो ।
उहाँले शिक्षक नियुक्तिको उचित व्यवस्थापन नगर्दा समस्या भएको बताउनु भयो । उहाँले गाउँपालिकामा ३६ ओटा सामुदायिक र १९ ओटा निजी विद्यालय रहेको बताउँदै शिक्षक व्यवस्थापनको लागि गाउँपालिकाले ९० प्रतिशत बढी शिक्षक अनुदान दिएको जानकारी दिनु भयो ।
स्वास्थ्य शाखा प्रमुख लक्षमण राज शाहीले संविधानमा व्यवस्था गरेको आधारभुत सेवा निःशुल्क दिएको बताउँदै गाउँपालिकाको सबै वडामा स्वास्थ्य संस्था रहेको जानकारी दिनु भयो ।
उहाँले गाउँपालिकाले स्वाथ्य सेवा ऐन ०७७ लागु गरेको र गाउँपालिकामा ५४ जना स्वास्थ्यकर्मीहरू परिचलन गरिएको बताउनु भयो ।
उहाँले गाउँपालिकामा चार ओटा बर्थिङ सेन्टर रहेको र सबै गर्भवति र सुल्केरीलाई निःशुल्क रूपमा चेकजाँच गरिने बताउनु भयो ।
अनुगमनका क्रममा वैजनाथ गाउँपालिकास्तरीय मानव अधिकार रक्षक सञ्जालले विद्यालयहरूको अनुगमन गर्न माग गदै शिक्षा शाखा प्रमुखलाई ध्यानाकर्षणपत्र समेत बुझाएको थियो ।
अनुगमन टोलीमा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जकी अधिकृत द्वारिका अधिकारी, इन्सेक लुम्बिनी प्रदेश कार्यालयकी कार्यक्रम अधिकृत सरस्वती मल्ल, एडभोकेसी फोरमका संयोजक बसन्त गौतम, इन्सेक बाँके प्रतिनिधि स्मृति देवकोटा, इन्सेक जिल्ला सहजकर्ता लक्ष्मी थारु र वैजनाथ गाउँपालिकास्तरीय मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष लक्ष्मी सुनार रहनु भएको थियो ।
स्मृति देवकोटा
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…