आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सबैको साझा सवालः सरोकारवाला
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सबैको साझा सवाल भएको कावासोतीमा आयोजित “आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा मानव अधिकारको अवस्था” विषयक अन्तरक्रियामा सहभागी सरोकारवालाहरूले बताएका छन् ।
मानव अधिकार संरक्षण र सम्बर्द्धनको लागि राज्यको जबाफदेहीता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा मङ्सिर २५ गते भएको कार्यक्रममा सहभागीहरूले आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकार अन्तरगत शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सुनिश्चितताका लागि सम्बन्धित सबै पक्ष सजग हुन आवश्यक रहेको धारण व्यक्त गरका छन् ।
कार्यक्रममा मानव अधिकार सञ्जाल नवलपुरका अध्यक्ष एवम् अधिवक्ता भुपेन्द्र खनालले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा संविधान र कानुनले प्रत्यभूत गरेको व्यवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
खनालले देश सङ्घीयतामा गइसकेको अवस्थामा स्थानीय सरकार आफँले पनि कानुन निर्माण गरेर लागु गर्न सक्ने र संविधानमा उल्लेख भएका अधिकारलाई कार्यान्वयन गर्न नीति र कार्यक्रम बनाएर लागु गर्नुपर्ने बताउनु भयो ।
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूतिको लागि शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सुनिश्चित गर्न स्थानीय सरकारसँगै सबै सरोकारवाला गम्भीर बन्न आवश्यक रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै सरोकारवालाहरूले कावासोती नगरपालिकामा जनघनत्व र क्षेत्रफल अनुसार पर्याप्त स्वास्थ्यचौकी नहुँदा सामान्य स्वास्थ्य सेवा लिन पनि समस्या भएको गुनासो गरेका थिए ।
निजी मेडिकलहरू दर्ता बिना सञ्चालन हुँदा एकातिर राजश्व गुम्ने अर्कोतिर गुणस्तरीय स्वास्थ्यबाट नागरिक बञ्चित हुन परेको बताएका थिए ।
यस्तै खाद्य सुरक्षाका विषयमा समेत कावासोतीमा समस्या रहेको औँल्याएका थिए । जिल्लाको सदरमुकाम भए पनि बालबालिकामा कुपोषण पाईनु, नगरपालिकामा कृषि तथा पशु प्राविधिक अभाव हुँदा किसानले मल बीउबिजनका बारेमा राम्ररी बुभ्न नसक्दा उत्पादनमा कमी हुनु, अत्याधिक विषादी प्रयोग, नियमित बजार अनुगमन नहुँदा अखाद्य वस्तु र म्याद नाघेका वस्तु उपभोक्ताले गरिद गर्नुपर्ने लगायतका समस्या रहको सरोकारवालाको गुनासो थियो ।
अव्यवस्थित बसोबास र भूमीहिन सुकुम्बासीहरूको समस्या समाधान गर्न सबै पक्ष गम्भीर बन्न आवश्यक रहेकोमा सहभागी सरोकारवालाहरूको जोड थियो ।
सरोकारवालाहरूको गुनासो र सुझावसँगै सम्बन्धित निकायका प्रतिनिधिहरूको सो बिषयमा जानकारी गराएका थिए ।
कावासोती नगरपालिका शिक्षा शाखा श्रोत व्यक्ति तिर्थ कँडेलले शिक्षामा बालबालिकाको पहँच वृद्धि गर्न दिवा खाजा कार्यक्रम सञ्चालन गरेको, जसले गर्दा विद्यालयमा बालबालिकाको नियमिमता बढेको जानकारी दिनु भयो ।
नगरपालिकालाई बालमैत्री धोषणा गर्न घरघमा स्टिकर टाँस्ने र घरधुरी सर्वेक्षण गर्ने काम भइरहेको बताउँदै उहाँले शिक्षा शाखामार्फत् नियमित रूपमा तालिम सञ्चालन गर्ने, अनुगमन गर्ने कामलाई समेत प्राथमिकता दिएको बताउनु भयो ।
कार्यक्रममा कावासोती नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद नागेला, कृषि ज्ञान केन्द्र सम्पर्क एकाई कार्यालय नवलपुर पमुख मिरा चौधरी, मध्यविन्दु जिल्ला अस्पताल नवलपुरका सञ्चालक समिति सदस्य नरनाथ पाण्डेलगायतले कार्यालयबाट भए गरेका काम, काम गर्दा देखिएका समस्या र निराकरण गर्न बनाइएका योजनाको बारेमा जानकारी गराउनु भएको थियो ।
त्यसपछि कार्यक्रममा कावासोती नगरपालिकाका वडा अध्यक्षहरूको तर्फबाट मन्तव्य राख्दै कावासोती नगरपालिका–२ का वडा अध्यक्ष लक्ष्मीप्रसाद पौडेलले मानव अधिकारसँग जोडिएका कुनै पनि काम कुरामा वडाले हल्का रूपमा नलिएको बताउनु भयो ।
मौलिक हकमा नै उल्लेख गरिएको अधिकार प्रत्याभुत गर्न वडाबाट कुनै पनि कसर बाँकी नराख्ने समेत उहाँले प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा उठेका विषय र नगरपालिकामा भइरहेको कार्यहरूबारे जानकारी दिँदै कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशङ्कर मर्दनिया थारूले नागरिकका मौलिक हकलाई सुनिश्चित गर्न नगरपालिकाले पहल गरिरहेको बताउनु भएको थियो ।
नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा पुर्याउन नगरका १७ ओटा वडामध्ये ६ ओटामा स्वाथ्यचौकी रहेको र बाँकी रहेको ११ ओटा वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्न योजना बनाइसेकको उहाँले जानकारी दिनु भयो ।
तिर्थराज डुम्रे
सम्बन्धित इन्सेक गतिविधिहरू
बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित जनज्योति बाल अधिकार समूह बराहताल गाउँपालिका–५, बड्डीचौरको आयोजना, बराहताल मानव अधिकार समूह, जनज्योती माध्यामिक विद्यालय बराहताल गाउँपालिका–५ बड्डीचौरको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक…
बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण
जानकी गाउँपालिका–४ मा रहेको जानकी माध्यमिक विद्यालयमा इन्सेकले ०८१ माघ २५ गते बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण गरेको छ । उक्त बाल अधिकार समूहले बाल अधिकार सम्बन्धी हाजिरी…
गुल्मीमा विद्यालय बाहिरका २ सय ४४ किशोरीले एचपिभी खोप लगाउँदै !
तम्घासका आठ सडक बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । रेसुङ्गा नगरपालिकाको स्वास्थ्य संयोजक मञ्जु घर्ति मगरका अनुसार जन्मदर्ता नभएका र विद्यालयभन्दा बाहिर रहेको बालिकाहरूलाई खोप लगाइएको…
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…
बाल अधिकार चेतना समूहद्वारा बाल विवाहविरुद्ध सडकनाटक प्रदर्शन
इन्सेकको सहयोगमा घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयस्तरीय बाल अधिकार चेतना समूहले बाल विवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ०८१ माघ २१ गते सडकनाटक प्रदर्शन गरेको छ । दशरथ माध्यामिक विद्यालयका पधानाध्यापक…