आर्थिक सामाजिक क्षेत्रका अधिकार उठाउन आग्रह
इन्सेक कार्यालय धनगढीका संयोजक खड्कराज जोशीले जिल्लामा रहेका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अन्तर्गतका विषयवस्तुलाई प्राथमिकताका साथ उठाउन जिल्लास्थित पत्रकार एवम् अधिकारकर्मीहरूलाई आग्रह गरेका छन् ।
इन्सेकको आयोजनामा वैशाख २० गते खलङ्गामा आयोजित पत्रकार तथा अधिकारकर्मीसँगको समन्वय बैठकमा संयोजक जोशीले यस्तो आग्रह गरेका हुन् ।
जिल्लाको समग्र मानव अधिकारको अवस्थाबारे जानकारी लिन आयोजित समन्वय बैठकमा बोल्दै संयोजक जोशीले समाजमा लुकाएर राखिएका आर्थिक तथा सामाजिक क्षेत्रका अधिकारका कुरा उठाउनुपर्ने बताए ।
'छुवाछुत, छाउपडी, बालविवाह, बालश्रम, न्याय पाउन नसकेका अवस्थालगायतका विषयमा कलम चलाउनुस् ।'-उनले भने-'समाजमा रहेका विकृति अन्त्यको लागि आफैँबाट सुरूवात गर्नुपर्छ । यहाँ रहेका व्याप्त सामाजिक कुरीतिको लागि कलम चलाउन सके समाज परिवर्तनमा सहयोग पुग्छ ।'
जिल्ला बार एशोसियशनका सचिव एवम् अधिवक्ता धिरेन्द्रसिंह साउदले जिल्लामा बालअधिकारको अवस्था कमजोर रहेको बताए । बालअधिकारकै क्षेत्रमा केन्द्रित भएर काम गर्ने निकाय नहुँदा बालबालिकाहरू बढी पीडित भएको उनले उल्लेख गरे ।
महिला मानव अधिकारकर्मी हिरा अवस्थीले महिलाहरू पुरूष्ले सेवन गर्ने मदिराका कारण बढी हिंसा पीडित भइरहेको बताइन् । समाजमा जताततै भइरहेको खुला मदिराका कारण घरेलु हिंसा, महिला हिंसा, बढेको उल्लेख गर्दै हिंसा पीडित महिलाको सुरक्षाका लागि सुरक्षित बास बस्ने भवनसमेत नभएको बताइन् । 'सेफ हाउस नहुँदा पीडित महिलालाई न्याय दिन समस्या भइरहेको छ ।'-उनले भनिन् ।
पत्रकार पदम बडालले स्थानीय सरकार आएपछि जनप्रतिनिधिमा दम्भ बढेको भन्दै कानुनी ज्ञानको अभावमा समस्या भइरहेको बताए । उनले अझै पनि स्थानीय सरकारका प्रतिनिधिले आफू जनप्रतिनिधि हुँ भन्ने नबुझ्दा नागरिकले सहज सेवा नपाएको उल्लेख गरे ।
गैरसरकारी संस्था महासङ्घका अध्यक्ष नारायण जोशीले पछिल्लो समय निर्वाचित जनप्रतिनिधिलाई न्यायिक ज्ञानबारे अभिमूखीकरण गर्नुपर्ने आवश्यक रहेको बताए ।
बुद्धिजीवि धाना धामीले महिलाहरू अझै सजिलै तरिकाले मुद्दा गर्न सक्ने अवस्था नरहेको बताइन् । कार्यक्रमका सहभागिहरूले जिल्लामा मुद्दा प्रक्रिया सजिलै दर्ता हुन नसक्ने, जाहेरी दर्ता प्रक्रियामा समस्या भइहरको, बालश्रम, बालविवाहलगायतका समस्या भइरहेको बताएका थिए ।
कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयस्थित मानव अधिकार प्रलेख तथा प्रसार विभाग प्रमुख मदन पौडेलले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए ।
नरेन्द्रसिह कार्की
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…