आमाबुवा गुमाएका एक बालिकालाई इन्सेकद्वारा आर्थिक सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आमाबुबा गुमाएकी शैल्यशिखर नगरपालिका–१, बारिलकी गौमती खडायलाई असार २८ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
जिल्ला मानव अधिकार रक्षक सञ्जालको समन्वयमा इन्सेकले उपलब्ध गराएको १० हजार रुपियाँ आर्थिक सहयोग इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीले पीडित बालिकालाई हस्तान्तरण गर्नु भएको हो ।
गत जेठ २५ गते आमा अनिभा खडायतको बलात्कारपछि आगो लगाएर हत्या भएपछि गौमति बेसहारा बन्नु भएको छ ।
पीडित बालिकाका बुबा केशव खडायतको सात वर्ष अघि मृत्यु भएको हो । आमाबुवा नभएपछि घरमा दाई परमानन्द खडायत र बहिनी सरस्वती खडायत गरी तीन जना मात्रै छन् ।
दाईले भारतमा मजदुरी गरेर ल्याएको पैसाले अहिलेसम्म घर चलाएको भएपनि आमाको हत्यापछि दाई भारत जान नसकेपछि आर्थिक समस्या भई पठनपाठनमा समस्या परेकोले आर्थिक सहयोग गरि दिन पीडित गौमतिले इन्सेकलाई निवेदन दिनु भएको थियो ।
गौमति कृष्ण मावि बलाँचमा कक्षा १० मा अध्ययनरत हुनु हुन्छ भने बहिनी सरस्वती लटिनाथ आधारभूत विद्यालय बारिलमा कक्षा ८ मा अध्ययनरत छिन् ।
दुई बहिनीको पठनपाठनमा समस्या भएपछि सहयोगका लागि पीडितले गत असार ५ गते इन्सेकलाई सहयोगको लागि निवेदन दिएका थिए ।
नरेन्द्रसिह कार्की
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको वार्षिक समीक्षा कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा डब्लुपीडी नेपालले मनहरीमा सञ्चालित अधिकार तथा आर्थिक विकासमामार्फत महिला सशक्तीकरण कार्यक्रम (रिन्यु परियोजना) को वार्षिक समीक्षा कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा…