आफ्नो नाममा जग्गा नभएपछि अनुदान सम्झौता नभएको भूकम्पपीडितहरूको गुनासो
लाभग्राहीको सूचीमा आफ्नो नाम भएपनि अनुदान सम्झौता नभएपछि समस्यामा परेको धादिङको चैनपुर गाविसमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्पपीडितहरूले गुनासो गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सहयात्री समाज र चैनपुर गाविसको संयुक्त आयोजना भदौ १४ गते आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्पपीडितहरूले यस्तो गुनासो गरेका हुन् ।
आफ्नो नाममा जग्गा नभएका लाभग्राहीको अहिले अनुदान सम्झौता नगर्ने बताएपछि आफूहरू समस्यामा परेको लाभग्राही भूकम्पपीडितहरूले बताएका छन् ।
कार्यक्रममा चैनपुगरका गाविस सचिव गिरी विष्टले पछाडि पारिएका भूकम्पपीडितहरूलाई प्राथमिकता दिने बताए ।
सुकुम्बासीहरूको हकमा समेत हाललाई सम्झौता नहुने र सरकारको निर्देशन आएपछि सम्झौता हुने गाविस सचिव विष्टले जानकारी दिँदै बुढी गण्डकी प्रभावित क्षेत्रलाई अर्को व्यवस्था सरकारले नै गर्न लागेको जानकारी दिए ।
'विदेशमा भएका व्यक्ति जसको नाम लाभग्राहीको सूचीमा छ त्यस्ताका लागि समेत सुविधा दिने प्रयत्न गर्दैछौं ।'-सचिव गिरीले भने ।
सीताराम अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेक जिल्ला प्रतिनिधि मल्ल सम्मानित
मानव अधिकार र श्रमजीवि पत्रकारको अधिकारका लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै इन्सेक जिल्ला प्रतिनिधि कालिबहादुर मल्ललाई प्रेस चौतारी नेपाल कालिकोटले सम्मानित गरेको छ । कालिकोट जिल्लामा बसेर मानव अधिकार रक्षकका…
बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित जनज्योति बाल अधिकार समूह बराहताल गाउँपालिका–५, बड्डीचौरको आयोजना, बराहताल मानव अधिकार समूह, जनज्योती माध्यामिक विद्यालय बराहताल गाउँपालिका–५ बड्डीचौरको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक…
बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण
जानकी गाउँपालिका–४ मा रहेको जानकी माध्यमिक विद्यालयमा इन्सेकले ०८१ माघ २५ गते बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण गरेको छ । उक्त बाल अधिकार समूहले बाल अधिकार सम्बन्धी हाजिरी…
गुल्मीमा विद्यालय बाहिरका २ सय ४४ किशोरीले एचपिभी खोप लगाउँदै !
तम्घासका आठ सडक बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । रेसुङ्गा नगरपालिकाको स्वास्थ्य संयोजक मञ्जु घर्ति मगरका अनुसार जन्मदर्ता नभएका र विद्यालयभन्दा बाहिर रहेको बालिकाहरूलाई खोप लगाइएको…
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…