आफूले गर्ने काम इमान्दारितापूर्वक सम्पादन गर्न इन्सेकका कार्यकारी निर्देशकको आग्रह
आफूले गर्ने हरेक काममा इमान्दारी हुन इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले आग्रह गर्नु भएको छ ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जको आयोजना र डिसिएको सहयोगमा पुस २९ र ३० गते आयोजना गरिएको परियोजनासम्बन्धी अभिमूखीकरण बैठकमा उक्त कुरा आग्रह गर्नु भएको हो ।
उहाँले परियोजनाको बारेमा स्पष्ट भएर जान आग्रह गर्नु भयो । उहाँले इन्सेकका जतिपनि परियोजनाहरू छन् तिनिहरुको निश्चित समय रेखा भएको हुनाले निश्चित समयभित्र इमान्दारितापुर्वक काम गरेर सक्नुपर्ने बताउनु भयो ।
इन्सेकको परियोजनाले मानव अधिकार वर्ष पुस्तकलाई पनि सहज गर्ने बताउँदै कार्यक्रमहरू कसरी चलिरहेको छन् र कार्याक्रमहरूलाई कसरी सफल बनाउने भन्ने बारेमा छलफल गर्नुपर्ने बताउनु भयो ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालयका प्रमुख भोला महतले बैठकमा डिसिए र सिसु परियोजना अन्तर्गतका क्रियाकलापहरूको बारेमा छलफल गरिएको बताउनु भयो ।
बैठकमा कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले परियोजनाका उपलब्धि, सिकाइ र डिसिए परियोजनाका चुनौति र आगामी दिनहरूमा कसरी अगाडि बढ्ने भन्ने बारेमा जानकारी दिनु भयो ।
स्मृति देवकोटा
सम्बन्धित इन्सेक गतिविधिहरू
कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट…
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा…
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न…
शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा वैशाख १६ गते सम्पन्न…
पहुँचयुक्त निर्वाचन प्रणाली बिषयक नीतिगत संवाद कार्यक्रम सम्पन्न
अपाङ्गता स्वाबलम्बन विकास सङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पोखरामा वैशाख १६ गते अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको बिकासका निम्ति सम्बन्धित…