आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन समितिमा इन्सेक
आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन समितिमा इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार सदस्यको रुपमा चयन हुनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१ साउन २२ गते सरोकारवालाहरूसँग आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पण्डितले आत्महत्याको घटनाहरू देशभर बढीरहेकोले यसको रोकथामको लागि प्रहरी मात्र नभई सरोकारवालाहरू सबैको भूमिका रहेकोले प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल सल्लाहकार, एसपी रमेश पण्डित संयोजक, स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादव सह संयोजक, शिक्षा समन्वय इकाइ, सिरहा नगरपालिका, रेड क्रस, उद्योग वाण्ज्यि संघ, होटल व्यवसाय, इन्सेक, मुक्त्ति नेपाल, समग्र जन उत्थान केन्द्र लगायतका संघ संस्थाहरू सदस्य रहने गरी व्यवस्थापन समिति गठन भएको बताउनु भयो ।
त्यसैगरी स्वस्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादव संयोजक र संघ संस्था सदस्य रहने गरी कार्यदल पनि गठन भएको एसपी पण्डितले बताउनु भयो । उक्त समितिले सिरहाका सबै पालिका र वडाहरूमा समिति गठन गरी कार्ययोजना बनाई कार्यक्रमहरू सञ्चालन गर्ने उहाँले बताउनु भयो ।
आर्थिक वर्ष ०८०/०८१ मा सिरहामा विष खाएर पुरुष १२, महिला २१, बालक दुई, बालिका तीन गरी ३८ र झुण्डिएर पुरुष ७२, महिला ५८, बालक नाै र बालिका २३ गरी २ सय जनाले आत्महत्या गरेको तथ्याङ्क जिल्ला प्रहरी कार्यालयमा रहेको एसपी पण्डितले जानकारी दिनु भयो ।
दुर्गा परियार
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…