आत्मरक्षा विषयक तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा आत्मरक्षा विषयक तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम जेठ १३ गते वीरेन्द्रनगरमा सुरु भएको छ ।
तालिम उदघाटन सत्रमा कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख हिराबहादुर पाण्डेले यस अभियानलाई गाउँ गाउँमा पु¥याउन नेपाल प्रहरीका विभिन्न यूनिटले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । सबै व्यक्ति यस विषयमा सचेत भई सरोकारवाला निकायलाई झकझकाउनु पर्ने निमित्त प्रमुख पाण्डेले सुझाव दिनु भएको छ ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारको मानव अधिकार समिति सदस्य तथा मानव अधिकार समूहका अध्यक्ष लक्ष्मी शर्माले समाजमा किशोरी तथा छोरीहरु असुरक्षित बन्दै गएको अवस्थामा सबैले आत्मबल दरो बनाई हिंसा बाहिर ल्याउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका सह–संयोजक मधुरानी ढकालले हातमा अधिकार भएकाहरू नै बलात्कार घटनामा संलग्नलाई बचाउन लाग्ने गरेको बताउनु भयो । सबै जना आफ्नो ठाउँबाट जिम्मेवार हुन नसक्दा समाजमा बालिका तथा किशोरी असुरक्षित भएको बताउँदै सबैले प्रहरी प्रशासनलाई निष्पक्ष रुपमा अनुसन्धान गरेर न्याय दिलाउन सहयोग गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । यस आत्मरक्षा सम्बन्धि तीन दिने तालिमले सहभागिलाई उचित सीप सिकाई यस्ता घटना न्यूनीकरण गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रमको उदघाटन सत्रमा इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले किशोरी, बालिका र महिला घरपरिवार, विद्यालय र कार्यक्षेत्रमा असुरक्षित भएको बताउँदै सुरक्षित बनाउनका लागि आत्मरक्षा विषयक तालिम संचालन गरेको बताउनु भयो । यस विषयमा स्थानीय तह, प्रहरी र प्रशासनसँग समन्वय गरी अभियानका रुपमा आत्मरक्षाका विषयमा गाउँगाउँमा कार्यक्रम लगिने संयोजक सुवेदीले जानकारी दिनु भयो ।
दैलेख र सुर्खेतका तीन पालिकाबाट २७ जना दलित तथा महिला र किशोरी सहभागि भएको तालिममा हिंसाका प्रकार, आत्मरक्षाको महत्व, आत्म जागरण र हिंसा न्यूनीकरण गर्न कानुनी प्रावधान लगायतका विषयमा रचना सुनार, सजना सुनार र हिक्मत बहादुर नेपालीले सहजीकरण गर्नु हुने परियोजना संयोजक किरण पौडेलले जानकारी दिनु भएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत
सम्बन्धित इन्सेक गतिविधिहरू
रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखीकरण सम्पन्न
रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखीकरण असार २० गते सम्पन्न गरिएको छ । सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा इन्सेक गण्डकी प्रदेशले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रममा…
जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले रुकुम पश्चिम जिल्लामा जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन गरिएको छ । इन्सेकको आयोजनामा असार २०…
अन्नपूर्णलाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवाला प्रतिबद्ध
अन्नपूर्ण गाउँपालिकामा असार १९ गते सम्पन्न बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…