असोजको पहिलो सातासम्म भूकम्पपीडितलाई पहिलो किस्ता उपलब्ध गराइने
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले हेटौंडामा भदौ १३ गते 'भूकम्पपीडितहरूको अवस्था र पुनःनिर्माणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा जिविस मकवानपुरका योजना अधिकृत किसान न्यौपानेले असोजका पहिलो सातासम्म सबै भूकम्पपीडितरूलाई पहिलो किस्ताको अनुदान रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भदौको २२ गतेसम्म लाभग्राहीहरूसँग अनुदान सम्झौता गरिसक्ने र असोज ७ गतेसम्म लाभग्राहीहरूलाई सरकारले उपलब्ध गराउने पहिलो किस्ताको रकम उपलब्ध गराउने जानकारी गराएका थिए ।
जिल्लाका लाभग्राहीहरूमध्ये भदौ १३ गतेसम्म १० हजार ६४ लाभग्राहीसँग अनुदान सम्झौता भइसकेको छ । फाखेल, कोगटे, नामटार, टिष्टुङ, कुलेखानी, आग्रँ र वुढीचौर गाविसका भूकम्पपीडितहरूले अनुदान सम्झौतासँगसँगै २ हजार ३७ लाभग्राहीले घर बनाउनका निम्ति सरकारबाट पाउने अनुदान रकमको पहिलो किस्ता बैङ्कमार्फत पाइसकेको सार्वजनिक सुनुवाइ कार्यक्रममा अधिकृत न्यौपानेले जानकारी गराएका थिए ।
'अहिले लाभग्राहीहरूसँग अनुदान सम्झौता र अनुदान उपलब्ध गराउने कार्य तीव्रगतिमा भइरहेको छ'-योजना अधिकृत न्यौपानेले भने-'गाविस सचिवहरूलाई भूकम्पपीडितहरूको काम उच्च प्राथमिकतामा राख्न निर्देशन गरेका छौँ । अनुगमनलाई पनि तीव्र बनाएका छौँ ।'
मानव अधिकार सञ्जाल मकवानपुरका अध्यक्ष जनक लम्सालले ऐलानी जग्गामा बसोवास गर्दै आएका भूकम्पपीडितहरूसँग अनुदान सम्झौता गर्न सचिवहरूलाई समस्या भएको उनले बताए । विशेषगरी मकवानपुरको धियाल, फापरवारी र राईगाउँ गाविसमा उक्त समस्या रहेको उनको भनाइ थियो । 'भूकम्पपीडितहरूसँग जग्गाधनी पुर्जा नभएकाले अनुदान सम्झौता गर्न समस्या छ'-उनले भने,-'यो समस्या माथिबाटमात्र समाधान गर्न सकिन्छ ।' यो सङ्ख्या जिल्लामा ५ हजार भन्दाबढी छ । उनका अनुसार धियाल गाविसका ९५ प्रतिशत बासिन्दा लालपुर्जाविहीन छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राहीको नाम छनोट गरेकोमा चित्त नबुझेर विभिन्न गाविसका २३ हजार ३ सय ५ जना भूकम्पपीडितले गुनासो दर्ता गराएका छन् । २०६८ को जनगणना अनुसार मकवानपुरमा ८६ हजार १ सय २७ घरघुरी रहेका छन् । तीमध्ये भूकम्पले क्षतिग्रस्त बनाएका ३० हजार २ सय २८ घरधुरीका परिवारसँग अनुदान सम्झौता गर्ने सूची प्राधिरकणले सार्वजनिक गरेको छ ।
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहद्वारा शम्भुनाथ नगरपालिका शिक्षा शाखा प्रमुखलाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा शम्भुनाथ नगरपालिकामा गठित नगर स्तरीय मानव अधिकार समूहले शम्भुनाथ नगरपालिकास्थित शिक्षा शाखा प्रमुख बिदुर विक्रम थापालाई ०८१ मङ्सिर २४ गते ध्यानाकर्षण पत्र बुझाएको छ। नगर…
वातावरण र मानव अधिकारको अवस्था विषयक सार्वजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र कायापलटको सहकार्यमा वातावरण र मानव अधिकारको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम ०८१ मङ्सिर २६ गते जनकपुरधाममा सम्पन्न भएको छ । डिसिए…
मानव अधिकार रक्षकहरुको अधिकारसम्बन्धी मस्यौदा विधेयक मुख्यमन्त्रीलाई बुझाइयो !
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक अध्यक्ष सुशिल प्याकुरेल र इन्सेक सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशी सहितको टोलीले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर मानव अधिकार रक्षकहरुको अधिकारसम्बन्धी मस्यौदा विधेयक…
‘संक्रमणकालिन न्याय र अबको बाटो’ विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा ‘संक्रमणकालिन न्याय र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम ०८१ मङ्सिर २६ गते धनगढीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा…
लैङ्गिक हिंसा विरुद्ध प्रभात र्याली र सचेतना कार्यक्रम सम्पन्न
चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको समन्वय तथा ब्यवस्थापनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रम अन्तर्गत (डिसेम्वर १० मा) ०८१ मङ्सिर २५ गते चौतारा सागाचोकगढी नपा १२ मा…