अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक इलामको आयोजनामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ अर्ध वार्षिक प्रकाशन पूर्व समीक्षा’ कार्यक्रम असार ५ गते इलाममा सम्पन्न गरिएको छ ।
समीक्षामा इन्सेक जिल्ला प्रतिनिधिले सन् २०२२ को जनवरीदेखि जुन १५ सम्म जिल्लामा अभेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन प्रस्तुत गर्नु भएको छ ।
सन् २०२२ को पहिलो ६ महिनामा जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामाथि समीक्षा गरिएको छ ।
जसमा हत्याको एक ओटा, महिला अधिकारसँग सम्बन्धित बलात्कारका, बलात्कारका प्रयासका सात ओटा, बाल विवाहका दुइ ओटा, कुटपिट एक , आत्महत्या दुरुत्साहन एक, घरेलु हिंसा एक र बालिका बलात्कार बलात्कार प्रयास यौन दुर्व्यवहार १० गरी २३ जना पीडित भएको अभिलेख रहेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा इलाम नगरपालिकाका नगरप्रमुख केदार थापाले इन्सेकको डाटाले स्थानीय तहका जनप्रतिनिधिहरुलाइ घच्घच्याउने काम गरेको बताउनु भयो । जिल्लाको मानवअधिकार उल्लङघनको घटनाको विषयमा के हुँदै छ भन्ने कुरालाई छर्लङ्ग पारेको कुरा बताउनु भयो र मानवअधिकारको छेत्रमा रहेर मानवअधिकारको रक्षा गर्न आफू सधै तत्पर रहेको बताउनु भयो ।
डिएस पी गंगाबहादुर थापाले जिल्लामा मानवअधिकार उल्लंघनका घटनाहरु बढी रहेको र त्यसमा पनि बढी बालिकाहरु पीडित रहेको कुरा बताउनु भयो । जिल्लामा यस्ता किसिमका घटनाहरु बढ्न नदिनका लागि सबैले आआफ्नो क्षेत्रबाट लागि पर्न अनुरोध गर्नु भयो ।
जिल्लामामा प्रहरी कार्यालय इलामबाट गाउँगाउँमा स्थानीयहरुलाई राखी छलफल कार्यक्रममा ,बिधालयहरुमा विद्यार्थीहरुमा जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको कुरा प्रष्ट पार्नु भयो ।
इलाममा विभिन्न किसिमको घटनाहरु र प्रहरी कार्यलय थुनामा अभियुक्तहरु रहदा कुनै पनि किसिमको घटनाहरु नभएको र घटना घटेपछि अभियुक्तहरुलाई तत्काल गिरफ्तार गर्न सफल रहेको जानकारी दिनु भयो ।
जिल्ला प्रमुख अधिकारी माधव प्रसाद ढुंगानाले विशेषगरी इलाममा गल्स होस्टल ,बाल अनाथालयहरुमा बालिकाहरुमाथी यौनजन्य घटनाहरु बढी रहदा यसले जिल्लामा नराम्रो असर परेको कुरा बताउनु भयो । बालबालिकाहरु माथी हुने अन्याय अत्याचारका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि जिल्ला प्रशासन कार्यालय सधै तयार रहेको बताउनु भयो ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिसँगै पत्रकारहरूको सहभागिता रहेको थियो ।
वविता मैनाली
सम्बन्धित इन्सेक गतिविधिहरू
न्यायिक समितिको कार्यमा सुधार हुन आवश्यक : जिसस प्रमुख शाही
जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले न्यायिक समितिको कार्यमा सुधार हुन आवश्यक रहेको बताउनु भएको छ । सामाजिक र पारिवारिक विवाद समाजमै निरुपण गर्न स्थानीय सरकारको जिम्मेवारी भएकाले सबैलाई अपनत्व…
इन्सेक र लेखापरीक्षक टोलीद्वारा कार्यक्रमको अनुगमन सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लेखापरीक्षकको टोलीद्वारा घोडाघोडी नगरपालिकामा सञ्चालन भइरहेको स्थानीय समुदायलाई सचेत पार्दै सरोकारवाला निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गतका गतिविधिहरुको चैत ८ गते अनुगमन गरिएको छ ।…
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…