अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
जिल्लामा सन् २०२२ को ६ महिनामा नौ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रतिवेदन सार्वजनिक गरेको छ । पत्रकार महासङ्घको सभाहलमा असार ६ गते आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्ध वार्षिक समीक्षा कार्यक्रममा सरोकारवालाबिच प्रतिवेदन सार्वजनिक गरेको गरिएको हो ।
इन्सेक प्रतिनिधिले ६ ओटा बलात्कार, एक ओटा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार, एक ओटा जेष्ठ नागरिक हत्या र एक ओटा जेष्ठ नागरिक अङ्गभङ्ग घटना सार्वजनिक गरिएको छ ।
बालविज्याँई गरेका कारण दुई जना बालक सुधारगृह पठाइएको र हाडनातामा बलात्कारका घटना समेत पाइएकाले सचेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिइएको छ ।
परिवारकै सदस्यबाट जेष्ठ नागरिकको हत्या र छिमेकीबाट जेष्ठ नागरिकको आँखा देख्न नसक्ने गरीको कुटपिट समेत समीक्षा कार्यक्रममा छलफलको विषय बनेको छ ।
कार्यक्रमका प्रमख अतिथि फुङलिङ नगरपालिका मेयर अमिर मादेनले मानव अधिकारको विषयमा नगर सरकारको मात्र नभई सबैको साझा विषय भएको बताउनु भयो ।
व्यक्तिको नैसर्गिक अधिकार भएकाले मानवअधिकारको विषय संवेदनशिल भएको मेयर मादेनले बताउनु भयो । मेयर मादेनले भन्नुभयो “हिरासतमा प्रहरीले यातना दिएको अपुष्ट खबर आउँछ । आशा छ, त्यस्तो नहोस् ।” मानवअधिकारको विषयमा कोठामा भन्दा सार्वजनिक स्थानमा कार्यक्रम गर्न सुझाव दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले इन्सेकको वर्षपुस्तक मानव अधिकारको दस्तावेज भएको बताउनु भयो । मानव अधिकारको विषयमा वकालत गर्न सबैको हातमालो हुनुपर्ने प्रजिअ पोखरेलले जोड दिनुभयो । प्रजिअ पोखरेलले भन्नुभयो “कारागारको अवस्था उल्लेख हुनुपर्छ । तीबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका विषय पनि समावेश हुनुपर्छ ।”
पत्रकार महासङ्घका अध्यक्ष आनन्द गौतमले इन्सेकको कार्यक्रममा मानव अधिकारको विषयमा बहस हुने गरेको स्मरण गर्नुभयो । अरूले पनि मानव अधिकारको विषयमा वकालत गर्नुपर्नेमा अध्यक्ष गौतमले जोड दिनु भयो ।
सरकारी वकिलको कार्यालयका न्यायधिवक्ता रमेश भटराईले नागरिकको मानवअधिकारको संरक्षणमा सबैले मिलेर काम गर्नुपर्ने बताउनु भयो ।
इन्सेकले वर्षपुस्तकका कुनै घटना नछुटुन भनेर सरोकारवालासँग समीक्षा कार्यक्रम गर्ने गरेको छ ।
कार्यक्रममा डिएसपी कैलाशकुमार राई, कारागार प्रमुख कुलेन्द्र खवास, नेपाल वार इकाईका सचिव बलराम भट्टराई, पत्रकार महासङ्घका संस्थापक अध्यक्ष मनमणि काफ्ले लगायत जनप्रतिनिधि, कर्मचारीको सहभागिता थियो ।
देवराज गुरुङ
सम्बन्धित इन्सेक गतिविधिहरू
अन्नपूर्णलाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवाला प्रतिबद्ध
अन्नपूर्ण गाउँपालिकामा असार १९ गते सम्पन्न बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते चरिकोटमा सम्पन्न भयो । इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२३…