अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सङ्खुवासभाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम खाँदबारीमा असार ३ गते सम्पन्न गरिएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको छ ।
समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले सन् २०२२ को प्रथम ६ महिनामा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका २८ ओटा घटना अभिलेख गरेको जानकारी दिनुभयो ।
जसमा घरेलु हिंसाका २१, महिला तथा बालिका बलात्कारका पाँच र कुटपिटका दुई घटना गरी जिल्लामा २८ ओटा घटना अभिलेख गरेको सरोकारवाला समक्ष बताउनु भयो ।
कार्यक्रममा खाँदबारी नगरपालिका उपमेयर महेश्वरा श्रेष्ठले जनचेतना र प्रचारप्रचारको कमीले जिल्लामा पछिल्लो समय घर झगडा खुलेर बाहिर ल्याउन नसकेको बताउनुभयो । घटना बाहिर ल्याउँदा घर परिवारको इज्जत जान्छ भन्ने डर, सामाजिक परिवारिक डरले लुकाइ रहको अवस्था रहेको उपमेयर श्रेष्ठले बताउनु भयो । मानव अधिकारविरूघद्धका घटना न्यूनीकरण गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । पीडितलाई न्यायको पहुँचमा ल्याउन स्थानीय सरकारले पनि जनचेतनामुलक कार्यक्रम ल्याउने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले सामान्य खालका घरेलु हिंसा प्रहरी कार्यालयमै मिलाउन सकिने बताउनु भयो । सामान्य प्रकृतिका घटना स्थानीय तहका न्यायिक समितिमै मुद्दा दर्ता, मेलमिलाप गर्नु पर्ने भएपनि प्रहरीतर्फ नै आर्कषण भएको बताउनु भयो । मादक पदार्थ र लागुऔषध सेवनका कारण पनि मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढेको बताउनु भयो । प्रहरी गम्भीर प्रकृतिका घटना प्रहरीले नै मुद्दा दर्ता गरेको अघि बढाएको बताउनु भयो ।
जिल्लामा विभिन्न घटनाको विवरण हेर्दा महिला बालबालिका नै बढी पीडित भएको बताउनु डिएसपी सुवेदीले बताउनु भयो । यस्ता घटना कसरी न्यूनीकरण गरेर जान सकिन्छ भन्ने तर्फ पनि सरोकारवाला निकायले ध्यान दिनु जरुरी भएको उहाँको भनाइ छ ।
समीक्षा कार्यक्रममा नेपाल पत्रकार महासङघ सङ्खुवासभाका कार्यबाहक अध्यक्ष कृष्णराज शाक्यले इन्सेकले विगतमा वर्षमा प्रस्तुत गरेको प्रतिवेदन भन्दा यो पटक प्रतिवेदनमा धेरै समसामयिक र तथ्य घटनाको अभिलेख रहेको बताउनु भयो । इन्सेकले प्रहरी प्रशासन, स्थानीय तहसँग सहकार्य गरेर थप प्रभावकारी कार्यक्रम बनाउन समेत सुझाव दिनुभयो । २८ घटनामा २१ वटा घरेलु हिंसाका देखिनु हाम्रो समाजमा अहिले पनि जनचेतना र अशिक्षाका कारण भएको बताउनु भयो ।
कार्यक्रममा विभिन्न सरकार तथा गैर सरकारी निकाय पत्रकार, सामाजिक अभियान्ता, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
भविन कार्की
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…