अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २३ को अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०७९ असार ६ गते विदुरमा सम्पन्न भएको छ ।
इन्सेक नुवाकोटको आयोजनामा भएको कार्यक्रममा जिल्लामा समग्र मानव अधिकारको विषयमा छलफल भएको थियो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले सन् २०२२ को पहिलो ६ महिनामा जिल्लामा भएका मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटनाहरूको विषयमा जानकारी दिनु भएको थियो ।
जसमा बहुविवाहका दुई ओटा, हत्याका तीन ओटा, बलात्कारका सात ओटा र बलात्कार प्रयासका तीन ओटा घटनाको अभिलेखीकरण गरिएको छ ।
पूर्वसमीक्षा कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता टेकराज भुषालले आफ्नो कार्यालयले पीडितको पक्षका काम गरिरहेको र आरोपितको पनि अधिकारलाई ध्यानमा राखिएको बताउनुभयो ।
आरोपितको मानव अधिकारको सम्मान गर्दै यातना नदिइकन वस्तुनिष्ठ प्रमाणको आधारमा मुद्दा चलाइरहेको न्यायाधिवक्ता भुषालले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामप्रकाश शाहले जिल्लामा पछिल्लो वर्षहरूमा मानव बेचविखनका मुद्दा दर्ता नभएकोले जिल्लामै मानव बेचबिखनका घटना नभएको नभई बेचबिखनको स्वरुप परिवर्तन भएको बताउनु भयो । एसपी शाहले यसको खोजीमा सरकारी तथा गैरसरकारी निकायहरूको ध्यान जानु पर्ने बताउनुभयो ।
उहाँले स्थानीय तहहरूले न्यायिक समितिहरूलाई प्रभावकारी बनाउन ध्यान दिनु पर्ने र साना विवादहरूको लागि सदरमुकामसम्म आउन नपर्ने बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष कपिलदेव खनालले इन्सेकले राख्ने अभिलेखको क्षेत्र विस्तार हुनु पर्नेमा बताउनुभयो ।
कार्यक्रममा बालबालिकाहरूको पाठ्यपुस्तक अभाव, रासायनिकमल अभाव, शुद्ध पिउने पानीको अभाव, उपभोक्ता अधिकार, खाद्य सुरक्षा लगायत विषयमा छलफल भएको थियो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…