अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
इन्सेक नवलपरासी पश्चिमको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२४ का लागि जिल्लामा सङकलन गरिएका घटनाहरू प्रकाशन पूर्व अर्ध वार्षिक पूर्व समीक्षा असार १८ गते सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुलीले मानव अधिकार उल्लङ्घन र ज्यादतीका ७८ वटा घटना विवरण प्रस्तुत गर्नु भयो ।
जसमध्ये परिवारजनवाट हत्या दुई, अज्ञात पक्षबा हत्या एक, बाल यौन दुर्व.व्यवहार आठ, अपहरण तथा शरिर बन्धक प्रयास एक, महिला अधिकार अन्तरगत बलात्कार तथा बलात्कार प्रयास १२, घरेलु हिंसा ४८, बहुबिवाह तीन र जातीय विभेद तीन वटा घटना रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्ला प्रहरी कार्यालयलगायत अन्य कार्यालयमा मानव अधिकार उल्लघंन विरूद्ध दर्ता हुन आएका घटनाहरू पनि नछुटाउन जोड दिनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी मानबहादुर खड्का, जिल्ला अदालतका श्रेस्तेदार प्रेमप्रसाद पौडेल, एसपी काजीकुमार अचार्य, सशस्त्र प्रहरीका एसपी धिरेन्द्रराज न्यौपाने, जिल्ला अनुसन्धान उपनिर्देशक अशोकराज भट्टका साथै राजनीतिक दल र मानव अधिकारकर्मीहरूको उपस्थिती रहेको थियो ।
नारायण पराजुली
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार, जलवायु र लैङ्गिक न्याय विषयक वहुपक्षीय संवाद कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कायापलट र युथ एड्भोकेसी फोरमको आयोजना साथै राष्ट्रिय मानव अधिकार आयोग, सेभ द चिल्ड्रेन, वल्ड वाइल्ड लाइफ फन्ड, कियोस र अनौपचारिक क्षेत्र सेवा…
लैङ्गिक हिंसा विरुद्धको सचेतना मुलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका–२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर ११ गते छोरीलाई शिक्षाको महत्त्वसम्बन्धी सचेतना…
बाल अधिकार समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका-२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर ११ गते छोरीलाई शिक्षाको महत्त्वसम्बन्धी सचेतना…
बालबालिकाद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जनता माध्यमिक विद्यालय, रामपुर जमुवामा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८० मङ्सिर ११ गते शम्भुनाथ नगरपलिका–१० जमुवा टोलमा सडक नाटक प्रदर्शन गरेका छन्…
१६ दिवसीय अभियानको अवसरमा र्याली तथा सडक नाटक कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितता: महिला बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने राष्ट्रिय नाराका साथ ०८० मङ्सिर ९ गते देखि शुरु भएको ३२ औं अन्तर्राष्ट्रिय १६ दिवसिय महिला हिंसा विरुद्धको अभियानको क्रममा…