अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार १५ गते हेटौँडामा सम्पन्न गरेको छ ।
सन् २०२३ जनवरी देखि जुनसम्म ६ महिनाको अवधीमा ४६ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू अभिलेखबारे इन्सेक जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीले प्रस्तुत गर्नुभएको थियो । जसमध्ये १८ जना बालिका बलात्कारका घटनामा पीडित भएका छन् ।
जिल्लामा बालात्कारका घटनामा बालिकाहरू धेरै पीडित देखिनुले जिल्लाको मानव अधिकारको अवस्था चिन्ताजनक भएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले बताउनु भयो ।
उहाँले यस्तो घटना सार्वजनिक हुनु मानिसहरूमा आएको चेतना र उजुरीका आधार बढ्दै गएको मान्न सकिएतापनि यसले जिल्लाको मानव अधिकारको चित्रण दर्साउने भएकोले यसतर्फ सबै प्रशासनिक निकाय, जनप्रतिनिधि र सङ्घसंस्थाले ध्यान दिन जरुरी रहेको बताउनु भयो ।
यस्तै जिल्ला समन्वय समितिका समन्वय अधिकारी बासुदेख खतिवडाले इन्सेकले मानव अधिकारका समग्र पक्षलाई समेटेर दस्तावेज गर्न सुझाव दिनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय, हेटौँडाकी अधिकृत रेवा रेग्मीले हिंसामा बालिकाहरू बढी पीडित देखिएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले बलात्कार तथा यौन दुर्व्यवहार घटनाहरू बढ्नुले बालिकाहरू असुरक्षित देखिएको बताउँदै यसले समाजको पनि अवस्थाबारे देखाउने भएकाले सुरक्षित समाज निर्माणको लागि सबै पक्षको ध्यान जान आवश्यक रहेको औँल्याउनु भयो ।
गैसस महासङ्घ मकवानपुर अध्यक्ष रमिला सापकोटाले जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना बढ्नु अत्यन्तै चिन्ताजनक रहेको बताउँदै सञ्चारकर्मीहरूलाई मिडियामार्फतबाट भुमिका बढाउन आग्रह गर्नुभयो । साथै घटना न्यूनीकरण गर्दै सुरक्षित र मानव अधिकार सुनिश्चित समाज निर्माणमा गैससका सबै जनप्रतिनिधिसँग सहकार्य गरी अघि बढ्न तयार रहेको बताउनु भयो ।
मकवानपुर जिल्ला अदालत बार एशोसियसन अध्यक्ष अप्सरा बस्नेतले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमा प्रहरीले दुईतर्फी पाटोबाट अनुसन्धान सहित प्रतिवेदन बनाउन आवश्यक देखिएको बताउनु भयो । कतिपय घटनामा कसैको उक्साहटमा उजुरी दिने र पछि अदालतमा होइन भन्नेजस्ता पीडितको बयान आउने देखिएको भन्दै यसले वास्तविक पीडितप्रति पनि शङ्का गर्ने स्थित पैदा भएको बताउनु भयो ।
कार्यक्रममा इन्सेक बागमती प्रदेश हेटौँडाका प्रलेख अधिकृत सोम नेपालीले इन्सेकले मानव अधिकारको पक्षमा गर्दै आएको कामबारे जानकारी दिँदै उठेका जिज्ञासाहरूमा प्रष्ट पार्नुभयो ।
इन्सेक जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार यसवर्ष सन् २०२३ को जनवरीदेखि जुनसम्म मकवानपुर जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ४६ ओटा घटनामा अन्य पक्षबाट ४८ जना मानिस पीडित भएका छन् ।
जसमध्ये ३७ जना महिला र सात जना पुरुष र एक जना यौनिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्ति पीडित भए । जिल्ला प्रतिनिधी अधिकारीका अनुसार बाल अधिकारका घटनामा १८ जना बालिका पीडित भएकोमा १५ जना बलात्कार, तीन जना यौन दुर्व्यवहार र एक जना बालक हत्याबाट पीडित भएका छन् । महिला अधिकारका घटनामा १९ जना पीडित भएकोमा नौ जना बलात्कार, दुई जना बलात्कार प्रयास, एक जना हत्या र सात जना बहुबिवाहको घटनामा पीडित भएको इन्सेकमा अभिलेख भएको छ ।
यस अवधिमा दुई ओटा हत्याका घटना भएका छन् भने सात ओटा कुटपिट सहित हत्या प्रयासका घटना भएका छन् । जसमा हत्याबाट एक जना महिला र एक पुरुष छन् भने कुटपिट सहित हत्या प्रयासबाट ६ जना पुरुष र एक जना यौनिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्ति पीडित भएको इन्सेकमा अभिलेख भएको छ ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…