अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुलीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अभिलेख गरिएका घटनको समीक्षाका लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार १४ गते सिन्धुलीमा सम्पन्न गरेको छ ।
सन् २०२३ जनवरी देखि जुनसम्म ६ महिनाको अवधीमा ५३ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू अभिलेखबारे इन्सेक जिल्ला प्रतिनिधि नविनबाबु अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।
जसमा बलात्कारका घटनाबाट १२ जना बालिका र तीन जना महिला पीडित भएका छन् । इन्सेकको अभिलेख अनुसार जिल्लामा यौन दुर्व्यवहारबाट एक जना, बहुबिवाहबाट दुई जना, बालबिवाहबाट एक जना, शारीरिक हिंसाबाट १३ जना, मानसिक हिंसाबाट २० जना गरी हालसम्म ५३ ओटा मानव अधिकार उल्लङ्घनका घटना घटेका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले इन्सेकले सङ्कलन र सार्वजनिक गरेको तथ्याङ्क अनुसार बालिका र महिला पीडित भएको र त्यसमा पनि बलात्कारका घटनाले समाज अझै आपराधिक गतिविधि तर्फ नै रहेको बताउनु भयो ।
उहाँले इन्सेकले स्थानीय तह अन्तर्गत रहेका न्यायिक समितिमा गएका पीडितहरूले न्याय पाए नपाएको पनि अभिलेख राख्न सुझाव दिनुभयो । अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न कार्यक्रममा नागरिकका अगुवाको तर्फबाट प्रशासनको सेवा प्रवाह, नागरिकता तथा प्रतिलिपि लिँदा समस्या झेल्नु परेको गुनासोको सवालमा आफ्नो ध्यानाकर्षण भएको बताउनु भयो । नागरिकताका सवालमा कर्मचारीहरू जिम्मेवार रहेको र प्रचलित ऐन तथा कानुन अनुसार नै नागरिकता प्रदान गरिने बताउनु भयो ।
अस्पतालको सेवा प्रवाहका सवालमा गुनासो आएको र अस्पताल प्रशासन तथा व्यवस्थापन समितिसँग छलफल गरी अस्पतालको सेवा प्रवाहलाई सहज बनाउन पहल गर्ने बताउनु भयो ।
उहाँले सुशासन तथा सेवा प्रवाहका सवालमा आएका गुनासाहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भयो । सबैको प्रयासबाट मानव अधिकारको प्रत्याभूति दिलाउन सकिने भएकाले कानुनी सचेतना, नागरिकको अधिकार र कर्तव्यको बारेमा जानकारी गराउन सके मानव अधिकारको रक्षका लागि टेवा पुग्ने उहाँले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार सिलवाले प्रहरीमा निवेदन नपरेका तर छलफल भएका घटनाहरू दर्ता नहुने बताउनु भयो । निवेदन दिएपछि मात्र घटना दर्ता हुने जानकारी दिनुभयो । अस्पतालमा तोडफोड गर्नेहरूलाई कानुनी दायरामा ल्याइनु पर्ने विषयमा प्रहरीले आवश्यक कार्य गरी रहेको र प्राप्त फोटो र फुटेजहरूको अनुसन्धान भै रहेकाले यसमा संलग्नलाई कानुनी दायरामा ल्याइने बताउनु भयो ।
कुनैपनि घटनाका वास्ताविक पीडितलाई जिल्ला प्रहरी कार्यालयमा आउन समस्या नभएको र एक्लै आउन उहाँले आग्रह गर्नुभयो । प्रहरीले अपराधमा संलग्नहरू जो कोही भएपनि कानुनी दायरामा ल्याउने उहाँले बताउनु भयो ।
पत्रकार महासङ्घका सभापति कृष्णहरी घिमिरेले जिल्लाका सरकारी कार्यालयहरू सर्वसाधारणमैत्री नभएको बताउनु भयो । कार्यालयमा सेवा लिन जाँदा जुत्ता चप्पल खोल्नु पर्दा साधारण नागरिकको पहुँच नपुग्दा सेवाग्राही तेत्तिकै फर्कनु पर्ने अवस्था रहेको बताउनु भयो । सिन्धुली अस्पताल तोडफोड भएको घटनालाई पनि इन्सेकले आवश्यक अध्ययन र अनुगमन गर्नुपर्ने बताउनु भयो ।
मानव अधिकार एलाएन्स सिन्धुलीका अध्यक्ष दुर्गा पौडेलले सिन्धुली अस्पतालले बिहान ८ बजे देखी टोकन दिने र १०ः३० बजेदेखि बिरामी जाँच गर्ने हुँदा यसबिचको समय बिरामीको लागि पीडादयी भएकाले अस्पतालको सेवा प्रवाह बिरामीले सहज र सरल रुपमा पाउनु पर्नेमा जोड दिनुभयो ।
सेफ हाउस सिन्धुलीका प्रमुख गिता देवकोटाले घरेलु हिंसामा पीडित भएका महिलाहरूले न्याय पाउन नसकेको बताउनु भयो । प्रहरीे उजुरी उपर छलफल गर्ने र दुवै पक्षलाई मिलापत्र गराउने गरे पनि उनीहरूले वास्ताविक न्याय पाउन नसकेको बताउनु भयो । बालबालिकाले जन्मदर्ता, जोखिममा परेका बालबालिकाको उद्धार, अदालतमा पीडित बालिकाको बलात्कारको मुद्धा होस्टाइल हुनुले पनि पीडितले न्याय पाएको अनुभूति गर्न नपाएको बताउनु भयो ।
महिला मानव अधिकार रक्षक सञ्जाल सिन्धुलीकी अध्यक्ष अप्सरा खड्काले पीडित महिलाले उजुरी दिन जाँदा सहजै उजुरी लिन नसकेको, जिल्लामा स्वास्थ्य बिमा गरे पनि नागरिकले औषधि नपाएको बताउनु भयो ।
नविनबाबु अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा कावासोतीमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम २०८० मङ्सिर २३ गते सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको…
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक र्याली
देवचुली – ९ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा इन्सेकद्वारा गठित कालिका बाल अधिकार समूह ले २०८० मङ्सिर २२ गते सचेतनामूलक र्याली निकालेका छन् । कालिका माध्यमिक विद्यालयको…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
इन्सेकको सहयोगमा कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समूह र राष्ट्रिय माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २२…
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार महाभेला गण्डकी प्रदेश, राष्ट्रिय मानव अधिकार आयोग र गण्डकी प्रदेश सरकारको आयोजनामा मङ्सिर २२ गते पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा…
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…