अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० असार ५ गते मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम रसुवाको धुन्चेमा सम्पन्न गरेको छ ।
जिल्ला समन्वय समितिको समन्वय अधिकारी गणेश गैरेले मानव अधिकारको संरक्षणमा सरकारले मात्र होइन सामाजिक संस्था र हामी सबैले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, 'हामीले अधिकार मात्र बुझेर हुँदैन कर्तव्य पनि बोध गर्नुपर्छ' ।
मानव अधिकार संरक्षण मञ्चका अध्यक्ष एवम् पत्रकार ज्ञानेन्द्रनाथ न्यौपानेले आर्थिक सामाजिक साँस्कृतिक अधिकार बारे सचेतना जगाउने गैरसरकारी संस्थाले नभएको र गाउँमै रोजगारी सिर्जना हुन नसकेकाले रोजगारीका लागि युवतीहरू केरुङ जाने बढेको बताउनु भयो ।
रेडियो रसुवाका दिपक लामाले वैदेशिक रोजगारीका कारण सम्बन्ध बिच्छेदका घटना बढेको बताउनु भयो । उहाँले सामाजिक सञ्जालका कारण पनि आपराधिक घटना हुने गरेको बताउनु भयो ।
कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाले सन् २०२३ को ६ महिनामा इन्सेकले सङ्कलन गरेको घटनाबारे जानकारी गराउनु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी इन्स्पेक्टर विष्णु प्रदिप बस्यालले रसुवामा आफू बसेको १४ महिनाको अवधिका एक यौन दुर्व्यवहार बाहेक मानव अधिकार उलङ्घनका घटना जानकारीमा नआएको बताउनु भयो ।
उहाँले मन नमिलेपछि मानिसहरू सँगै बस्दैनन् मिलापत्र गराउन प्रयास गरिन्छ तर घरेलु हिंसा बारे कानुन परिर्माजन आवश्यक भएको बताउनु भयो । पीडितलाई राख्ने सेफ हाउस पनि रसुवामा नभएको र अहिले प्रहरीलाई नियमित रूपमा मानव अधिकारको विषयमा प्रशिक्षित गरिने भएकोले प्रहरीबाट मानव अधिकारविरूद्धका घटना नहुने उहाँले बताउनु भयो । उहाँले डिस्को र भट्टीमा काम गर्ने महिलाहरू असुरक्षित रहने तर त्यहाँबाट उद्धार हुन नसकेको जानकारी दिनुभयो ।
महिला अधिकारकर्मी सुनितामाया गुरुङले गाउँगाउँमा सचेतना कार्यक्रम आवश्यक भएको औँल्याउनु भयो । सचेतना अभावले अहिले पनि महिला हिंसा तथा यौन दुर्व्यवहारका घटना प्रहरीमा उजुरी नपरेको उहाँले बताउनु भयो ।
राजनीति दलले आरोपितलाई संरक्षण गर्नाले पनि घटना बाहिर नआएको उहाँले बताउनु भयो । कोभिड–१९ पछि जनचेतना मुलक कार्यक्रम अभावले पीडितले थप पीडित हुने र पीडकको संरक्षण बढी हुने गरेको बताउनु भयो । जिल्लामा सम्बन्ध बिच्छेद, आत्महत्याका घटना बढ्दै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
यसलाई नियन्त्रण गर्न नागरिक समाजले पनि सचेतनाका कार्यक्रम चलाउन जरुरी रहेको सरोकारवालाहरूले बताए । उक्त कार्यक्रम जिल्ला समन्वय समितिका उपप्रमुख बिजय लामाको अध्यक्षतामा भएको हो ।
प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले उमेर बढाएर नागरिकता बनाउने र विदेश जाने बढेको बताउनु भयो । स्थानीय तहबाट जनप्रतिनिधहरूले नै विवाहित महिलालाई अविवाहित भनेर नागरिकता बनाउन सिफारिस गर्ने गेरेको बताउनु भयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख बिजय लामाले जनआन्दोलन-२ पछि रसुवामा मानव अधिकार उलङ्घनका घटना घट्दो क्रममा रहेको बताउनु भयो ।
हेमनाथ खतिवडा
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…