अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले असार १३ गते मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा सम्पन्न भयो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रमेश गिरीले तथ्याङ्क सार्वजनिक गर्दै विगत ६ महिनाको अवधीमा पाँच जनाको हत्या, तीन जना आफ्नै परिवारबाट हत्या, नौ जनाको हत्या प्रयास, १४ जनाको बलात्कार, दुई जनाको बलात्कार प्रयासका घटनाबाट पीडित भएको बताउनु भयो ।
यसैगरी उहाँले चारजना बहुबिवाहको, एक जना मानव बेचबिखन तथा ओसारपसर र एक जना अपहरण उद्योगबाट, घरेलु हिंसाबाट पाँच जना महिला र आत्महत्या दुरुत्साहनबाट दुई जना पीडित भएका छन् ।
कार्यक्रममा महानगरीय पहरी परिसर भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठले मानव अधिकार संरक्षणमा बाधकको मुख्य कारक तत्व लागू औषधको कारोबार एवम् दुव्र्यसनी र मदिरा सेवननै रहेको बताउँदै यसलाई सरकारले कडाईका साथ नियन्त्रणकोनीति लिनु पर्ने बताउनु भयो ।
उहाँले भक्तपुरमा पहिलो लागू औषध, दोश्रोमा बलात्कार, तेश्रोमा चोरी, चौथोमा सवारी ज्यान, पाँचौमा ठगी जस्ता समस्या जटिल बन्दै आएको बताउँदै अपराध मुक्त समाज निर्माणका लागि समुदायले आफ्नो समाजलाई अपराध मुक्त बनाउने अभियान सञ्चालन गर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेपाल बार एसोसियसन भक्तपुरका अध्यक्ष रविन्द्र प्रधानले यातायात मजदुर, इँटा भट्टा, बालुवा तथा माटो खानी, श्रम क्षेत्रमा अपराधका घट्ना बढी हुने गरेको बताउदै अधिकार प्रयोगका नाममा छाडा र दुरुपयोग भइरहेको औँल्याउनु भयो ।
कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष नारायण न्यौपानेले अपराध नियन्त्रणमा गैससले अभियान नै सञ्चालन गरेको बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घ भक्तपुरका सल्लाहकार एवम् पूर्वअध्यक्ष पुष्करराज बुढाथोकीले अपराधको मुख्य कारक तत्वको खोजीलाई त्यसलाई जरैदेखि उखेल्नु पर्ने बताउनु भयो ।
त्यसअवसरमा गैसस महासङ्घका कोषाध्यक्ष पहलमान श्रेष्ठ, मानव अधिकारकर्मी युवराज घिमिरे, सिविसका महासचिव अनिता पाण्डे, पत्रकार रामचन्द्र प्रजापती, गैससकी सीता अधिकारी, इन्सेकका भक्तपुर सहजकर्ता राजु मंग्रान्ती, मानव अधिकार समूहका अध्यक्ष बच्चुराम न्यौपानेलगायतले मानव अधिकारको वर्तमान् अवस्थाकाबारेमा चर्चा गर्नु भएको थियो ।
रमेश गिरी
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…