अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवाा केन्द्र (इन्सेक) द्वारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को लागि जिल्लामा स ङ्कलित घटनाको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार १३ गते धादिङबेसीमा सम्पन्न भयो ।
जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका २० ओटा घटना अभिलेख गरिएको इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले प्रतवेदन प्रस्तुत गर्नुभयो ।
जिल्लामा ६ महिनाको अवधीमा स्थानीय तह निर्वाचनको समयमा भएको नौ ओटा कुटपिटको घटनामा ३३ जना घाइते भएको, दुई ओटा घर तोडफोड, एउटा लुटपाटको घटना भएको उल्लेख छ ।
यसैगरी, जातिय छुवाछुतको दुई ओटा, बाल बलात्कारको एक ओटा, गाउँ निकालाको एक ओटा, बालबालिका कुटपिटको दुई ओटा, कर्मचारी कुटपिटको एक ओटा, वृद्ध हत्या एक ओटा घटना भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विकले मानव अधिकारप्रति प्रतिवद्धता जनाउँदै मानवअधिकार घटना थाहा पाउन इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक महत्वपुर्ण भएको उल्लेख गर्नुभयो ।
जिल्ला अदालतका श्रेस्तेदार खुमप्रसाद भण्डारीले आफैले बनाएको कानुन राजनितिक दलले उल्लङ्घन गरेर मौन अवधीमामा कानुनको उल्लङ्घन गरेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी शैलेशले विद्यमान कानून कार्यान्वयन गर्न कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
मौनअवधीमा आचारसंहिता बढि उल्लङ्घन भएकोले यसलाई सुधार गर्नुपर्ने उहाको भनाई छ ।
जिल्ला सहायक न्यायधिवक्ता प्रकाश सुवेदीले मानवअधिकार संरक्षणका लागि सबैले काम गर्नुपर्ने बताउनुभयो ।
बवेवारिसे शव र बेवारिसे मानवको व्यवस्थापनमा सरकारले काम गर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर धर्मजंग थिङ, नेपाल बार एसोसिएसन धादिङका अध्यक्ष कृष्णराज अधिकारी, अधिवक्ता विश्वराज अधिकारी, विष्णु कुमार श्रेष्ठ, महिला अधिकारकर्मी गायत्री खतिवडा, प्रेसचौतारीका पुर्व केन्द्रीय सदस्यकेशव अधिकारी, अधिकारकर्मी श्याम मगराती, मानवअधिकार एलायन्सका बेगबहादुर सुनार लगायतले मानवअधिकार वर्ष पुस्तकमा स्वास्थ्यको अधिकारबारे उल्लेख गर्न आग्रह गर्दै सबैको पहुँचमा नेपाल मानव अधिकार वर्ष पुस्तक पुग्नु पर्ने बताउनु भयो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटाैँडा
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…