अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सोलुखुम्बुको आयोजनामा असार ६ गते “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्ध वार्षिक पूर्व समीक्षा” सल्लेरीमा सम्पन्न गरिएको छ ।
सन् २०२२ को जनवरी देखि जुन १५ सम्म जिल्लामा अभिलेखीकरण गरिएका मानव मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाकामाथि समीक्षा गरिएको हो ।
सन् २०२१ मा २८ ओटा घटना अभिलेखीकरण गरेको इन्सेकले सन् २०२२ को प्रथम ६ महिनाको अवधिमा २५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण भएको जानकारी सरोकारवालालाई दिएको छ ।
समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि अञ्जु कार्कीले सबै भन्दा बढी घरेलु हिंसा र बालिका माथि हुने बलात्कारका घटना बढी प्रतिवेदन सार्वजनिक गर्नु भएको छ ।
गत वर्ष १० ओटा बलात्कारका घटना अभिलेखीकरण गरिएकोमा यो वर्ष ६ महिनाको अवधिमा नौ ओटा बलत्कार र बलात्कार प्रयासका घटना अभिलेखीकरण गरिएको इन्सेक प्रतिनिधिले बताउनु भयो ।
इन्सेकको तथ्याङ्क अनुसार गत वर्ष ६ ओटा घरेलु हिंसाका घटना अभिलेखीकरण गरिएकोमा चालू वर्षको ६ महिनामा १३ ओटा घटना अभिलेखीकरण गरिएको छ ।
पूर्व समीक्षा कार्यक्रममा प्रदेश सांसद तथा नेकपा एमाले प्रदेश १, का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले इन्सेकले समग्र जिल्लामा मानव अधिकारको क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । इन्सेकको प्रतिवेदन अनुसार सबै भन्दा बढी बालिका र महिला नै पीडित भएको पाइएकाले नागरिकहरू साक्षर र सचेत भए पनि महिला र बालबालिकामाथिका घटना बढ्दै जानु दुःखद भएको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिलजङ्ग शाहले प्रहरीले पीडितलाई न्याय दिने र पीडकलाई कानुनी दायरामा ल्याउने कार्य गर्दै आएको बताउनु भयो । मानव अधिकारको क्षेत्रमा काम गर्दे आएको इन्सेक जस्ता सङ्घसस्थासँगको सहकार्यमा पुन स्थानीय तहमा कार्यक्रम गर्ने इच्छा भएको डिएसपी शाहले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, मानव अधिकारकर्मी र पत्रकारलगायतको सभागिता रहेको थियो ।
अञ्जु कार्की
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल
जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र…
जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सरोकारवाला निकायको समन्वयमा जेठ २१ गते र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…
जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइयो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित विभिन्न संस्थाको आयोजनामा जेठ २१ गते जिल्लामा १७ औँ राष्ट्रिय जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइएको छ । इन्सेक पाँचथरसहित विभिन्न सरोकारवाला…
वडा स्तरीय मानव अधिकार समूह गठन
माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा जेठ १९ गते वडा स्तरीय मानव अधिकार समूह गठन भएको छ । समूहको अध्यक्षमा शोभा मोहन लम्साल, उपाध्यक्षमा लक्ष्मी लम्साल, सचिवमा राजाराम पौडेल र कोषाध्यक्षमा नवीन कुमार…