अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनामाथि इन्सेक प्रदेश कार्यालयको आयोजनामा असार ७ गते सरोकारवालाबिच समीक्षा सम्पन्न्न गरिएको छ ।
सन् २०२२ को जनवरीदेखि जुन १५ सम्म प्रथम ६ महिनाको अवधिमा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि समीक्षा गरिएको हो ।
समीक्षामा इन्सेक मोरङ प्रतिनिधिले ६ महिनाको अवधिमा इन्सेकले १ सय ९० घटनाको अभिलेख बताउनु भयो । जसमा २ सय २४ जना पीडित भएका छन् । मोरङमा घरेलु हिंसाका सबै भन्दा बढी घटना भएका छन् । मोरङमा ६ महिनाको अवधिमा ८५ जना महिला घरेलु हिंसाबाट पीडित भएका छन् ।
२१ जनाको हत्या, १७ जनामाथि कुटपिटका घटना भएका छन् । राज्य पक्षबाट ४ जना गिरफ्तारीमा परेका छन् । एक जना यातनाबाट पीडित भएका छन् । १८ जना बालिका र १४ जना महिला बलात्कार घटनामा पीडित भएको इन्सेक प्रतिवेदनमा उल्लेख छ ।
यौन दुव्र्यवहारका घटनामा २४ जना, बलात्कार प्रयास घटनामा नौ जना, अमानवीय व्यवहार घटनामा दुई जना पीडित भएको इन्सेक मोरङको प्रतिवेदनमा उल्लेख छ ।
६ महिनाको अवधिमा मोरङमा १८ महिने बालिकाको बलात्कारपछि हत्यादेखि ९२ वर्षीया महिलासम्म बलात्कारमा पीडित भएको इन्सेकले जनाएको छ ।
कार्यक्रममा सहभागीहरूले इन्सेकलाई मानव अधिकार उल्लङ्घनका घटना स्थानीय तहसम्म पुगेर अभिलेखीकरण गर्न सुझाव दिएका छन् ।
समीक्षामा राष्ट्रिय मानव अधिकार आयोग विराटनगर कार्यालय प्रमुख नितु गड्तौलाले संविधानले प्रदान गरेका अधिकारबाट नागरिक वञ्चित भएको बताउनु भयो । उहाँले यौनजन्य घटनामा हद म्याद भएका कारण धेरै महिला र बालिका पीडित भएर पनि न्यायबाट वञ्चित हुनु परेको बताउनु भयो ।
पत्रकार सुशीला पाठकले मोरङ कारागारमा कैदीबन्दी आधारभूत अधिकारबाट वञ्चित भएको बताउनु भयो । उहाँले कारागारमा रहेका महिला तथा पुरूष कैदीबन्दी हालका दिनमा छालाजन्य रोगबाट पीडित भएपनि उनीहरूको उपचारमा राज्यले चासो नदिएको बताउनु भयो । उहाँले मोरङ कारागारमा कैदीबन्दी उडुसबाट पीडित भएको बताउनु भयो ।
पत्रकार पाठकले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा पहिले पछिल्ला दिनमा हिरासतमा रहेका व्यक्तिमाथि मानव अधिकारमैत्री व्यहार नभएको सूचना पाएको बताउनु भयो ।
ंवरिष्ठ पत्रकार यज्ञ शर्माले अबका दिनमा राज्यले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सवाललाई सम्बोधन गर्न आवश्यक रहेको बताउनु भयो ।
माइती नेपाल मोरङ संयोजक विनोद नेपाल मोरङमा अझै पनि बालिका वेचविखनको अवस्था भयावह रहेको बताउनु भयो ।
कार्यक्रममा अधिकारकर्मी, वुद्धिजीवी, पत्रकार र सामाजिक अभियान्ताको सहभागिता रहेको थियो ।
विनोद सुवेदी
सम्बन्धित इन्सेक गतिविधिहरू
अन्नपूर्णलाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवाला प्रतिबद्ध
अन्नपूर्ण गाउँपालिकामा असार १९ गते सम्पन्न बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते चरिकोटमा सम्पन्न भयो । इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२३…