अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुलीको आयोजनामा ०७९ असार ६ गते सोमबार “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्ध वार्षिक पूर्व समीक्षा” कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
कार्यक्रममा सन् २०२२ को जनवरी देखी जुन १४ सम्म सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाकाको समीक्षा गरिएको थियो ।
इन्सेक प्रतिनिधि नविनबावु अधिकारीका आनुसार राज्यपक्षबाट एक, गैर राज्य पक्षबाट १२ गरी बलत्कारका घटना १३, बलत्कार प्रयासका चार ओटा, बाल यौन दुराचारका एक ओटा, बहुविवाह पाँच ओटा गरी जम्मा २३ ओटा घटना अभिलेख गरिएको छ ।
जिल्लामा हालसम्म २६ ओटा घरेलु हिंसाका घटनाको अभिलेक इन्सेकले राखेको छ । हालसम्म अभिलेख भएका घटनामा सबै भन्दा बढी बालिका र महिला नै पीडित भएका छन् ।
अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रममा कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले इन्सेकले समग्र जिल्लामा मानव अधिकारको क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
इन्सेकको प्रतिवेदन अनुसार सबै भन्दा बढी बालिका र महिला नै पीडित भएको पाइएकाले जनता साक्षर र सचेत भए पनि यस्ता घटना बढ्दै जानु दुःखद भएको बताउनुभयो ।
बाल विवाह, बहुविवाह, घरेलु हिंसा लगाएत मानव अधिकार मैत्री स्थानीय तह निर्माण गर्ने सवालमा आफूहरू लागि परेको बताउनुभयो ।
यस सम्बन्धमा नीति तथा कानुन बनाएकाले स्थानीय तहले यस्ता घटना निरुत्साहित गर्दै सभ्य समाजको निर्माणका लागि नीति तथा कार्यक्रम नै ल्याएर लाग्न आवश्कय रहेको औँल्याउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर रामभक्त भट्टराईले प्रहरीले बालबालिका तथा महिलाको सवालमा संवेदनशील भएर न्याय दिन लागि परेको बताउनुभयो ।
उहाँले घटना भएको सूचना प्राप्त भएपछि प्रहरीले पीडितलाई न्याय दिने र पीडकलाई कानुनी दायरामा ल्याउने कार्य गर्दै आएको बताउनुभयो ।
प्रहरी सँधै मानव अधिकारको संरक्षण र सम्बर्धनमा सक्रिय रहेको भए पनि जिल्लामा बालिका र महिला माथि हुने हिंसाका घटनामा कमी आउन नसकेको इन्स्पेक्टर भट्टराईको बनाइ थियो ।
नागरिक निगरानी सञ्जाल सिन्धुलीका अध्यक्ष वेदराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, नागरिक समाज, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरू गरी २९ जनाको सहभागिता रहेको थियो ।
नबिनबाबु अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
अन्नपूर्णलाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवाला प्रतिबद्ध
अन्नपूर्ण गाउँपालिकामा असार १९ गते सम्पन्न बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते चरिकोटमा सम्पन्न भयो । इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२३…