अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जिल्लामा सन् २०२४ को जनवरी देखि जुन सम्म प्रलेखीकरण गरेका घटनाहरुको अर्धवार्षिक समीक्षा कार्यक्रम असार १५ गते सम्पन्न भएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका विवरणहरुको समीक्षा गरि तथ्यांक सार्वजनिक गरिएको हो । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि बुद्धिमान पुनले जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा इन्सेक प्रतिनिधि पुनले जिल्लामा सन् २०२४ जनवरी देखि हालसम्म २० ओटा घटनाहरु सङ्कलन गरिएको जानकारी दिनुभयो । राज्यपक्षबाट एक ओटा र अन्य पक्षबाट १९ ओटा घटना रहेका छन् । जस अनुसार कुटपिटका एक ओटा, हत्याका तीन ओटा, बाल अधिकार तर्फ बलात्कारका २ ओटा, महिला अधिकार तर्फ घरेलु हिंसा १२ ओटा, र बहु विवाहका दुई ओटा घटना रहेका छन् । जिल्लामा अन्य प्रकृतिका घटनामा कमी आएको देखिएपनि महिला हिंसाका घटनामा भने उल्लेख्य वृद्धि भएको पाइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले मानव अधिकारको रक्षा र संरक्षणमा सबै पक्षको भूमिका महत्वपुर्ण हुने बताउनुभएको छ । जिल्लामा महिला हिंसाका घटना धेरै देखिएको बताउदैँ उहाँले यसको मुख्य कारण भनेकै बाल विवाह भएको बताउनुभयो । ‘मानवअधिकारको क्षेत्रमा इन्सेकले महत्वपूर्ण काम गर्दै आएको छ, जिल्लामा मानव अधिकार हननका घटना हुन नदिनको लागि सबै क्षेत्र सँग सहकार्य गरेर अघि बढ्न जरुरत पनि छ’ उहाँले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपि नवीन कार्कीले प्रहरीले मानवअधिकार हननका घटनामा शुन्य सहनशिलताको नीति लिएको बताउनुभयो । मानव अधिकारको संरक्षण र सम्वद्र्धनको लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आइरहेको भन्दै उहाँले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएकाले मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताउनुभयो ।
जिल्ला स्तरीय मानवअधिकार रक्षक सञ्जालका संयोजक मुना हमालको अध्यक्षतामा भएको कार्यक्रममा अधिकारकर्मी तथा पत्रकार लगाएत सरोकारवालाको सहभागिता रहेको थियो ।
बुद्धिमान पुन
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहद्वारा शम्भुनाथ नगरपालिका शिक्षा शाखा प्रमुखलाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा शम्भुनाथ नगरपालिकामा गठित नगर स्तरीय मानव अधिकार समूहले शम्भुनाथ नगरपालिकास्थित शिक्षा शाखा प्रमुख बिदुर विक्रम थापालाई ०८१ मङ्सिर २४ गते ध्यानाकर्षण पत्र बुझाएको छ। नगर…
वातावरण र मानव अधिकारको अवस्था विषयक सार्वजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र कायापलटको सहकार्यमा वातावरण र मानव अधिकारको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम ०८१ मङ्सिर २६ गते जनकपुरधाममा सम्पन्न भएको छ । डिसिए…
मानव अधिकार रक्षकहरुको अधिकारसम्बन्धी मस्यौदा विधेयक मुख्यमन्त्रीलाई बुझाइयो !
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक अध्यक्ष सुशिल प्याकुरेल र इन्सेक सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशी सहितको टोलीले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर मानव अधिकार रक्षकहरुको अधिकारसम्बन्धी मस्यौदा विधेयक…
‘संक्रमणकालिन न्याय र अबको बाटो’ विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा ‘संक्रमणकालिन न्याय र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम ०८१ मङ्सिर २६ गते धनगढीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा…
लैङ्गिक हिंसा विरुद्ध प्रभात र्याली र सचेतना कार्यक्रम सम्पन्न
चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको समन्वय तथा ब्यवस्थापनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रम अन्तर्गत (डिसेम्वर १० मा) ०८१ मङ्सिर २५ गते चौतारा सागाचोकगढी नपा १२ मा…