अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते चरिकोटमा सम्पन्न भयो ।
इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२३ को ६ महिनाको अवधिमा जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।
जसमा ६ महिनाको अवधिमा अन्य पक्षबाट बलात्कारका ६ ओटा, बलात्कार प्रयासको तीनओटा, ज्यानमार्ने उद्योगका दुई, कर्तव्य ज्यानको दुई र निर्वाचन कसुरको घटना समेत १३ ओटा घटना अभिलेख भएका छन् ।
अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले विद्यालयमा समयमा पाठ्पुस्तक नपुगेको, भूकम्प पश्चात् निर्माण व्यवसायीको ढिलासुस्तीका कारण विद्यालय भवन बन्न नसक्दा अझै पनि विद्यार्थी जस्ताका छानामुनी अध्ययन गर्न बाध्य भएको भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराउनु भयो ।
यसै गरी समयमा बजार अनुगमन नगर्दा बजारमा नक्कली र म्याद गुज्रेको सामान बिक्रि वितरण भइरहेकोले सरोकारवाल पक्षलाई ध्यानाकर्षण गराई नियमित बजार अनुगमनको व्यवस्था हुनुपर्ने बताए । जिल्ला कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राख्दा कैदीबन्दीलाई खान, बस्न शौचालयको प्रयोग, सरसफाईमा समेत कठिनाई भएको बताए ।
समयमा किसानले मल तथा बिउ पाउन नसकेको, स्वास्थ्य संस्थामा आवश्यक निशुल्क ओषधी पाउन नसकेको जस्ता जनताका आधारभूत आवश्यकताका सवाल उठेका थिए ।
कार्यक्रममा महिला मानव अधिकारकर्मी सिर्जना कार्कीले परिवारवाट हिंसामा परेका महिला तथा बालबालिकालाई उचित खानपान तथा बसोवास साथै मनोसामाजिक परामर्शको व्यवस्था हुनुपर्ने र दीर्घकालीन व्यवस्थापनका लागि सरकारी निकाय मुकदर्शक भएको गुनासो गर्नुभयो ।
मानव अधिकारकर्मी होम पाठकले जिल्लाका कुनाकाप्चाका नाकरिकलाई समेत मानव अधिकारको बारेमा सचेत पार्दै जिम्मेवार निकायलाई मानव अधिकारको प्रवर्धन र संरक्षणमा लाग्न पैरवीको खाँचो रहेको बताए ।
समीक्षा कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष सिर्जनकुमार घिमिरे, गैह्रसरकारी संस्था महासङ्घ जिल्ला सचिव दिलवहादुर केसी, नेपाल रेडक्रस सोसाईटी जिल्ला सभापति गोकर्ण पोखरेल लगायत जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।
उद्धव पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…
गण्डकीमा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीद्धारा माघ ८ गते पोखरामा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । कास्कीको मादी गाउँपालिका र माछापुछ्रे गाउँपालिका तथा नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका…