नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि हुम्ला जिल्लामा सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सरोकारवाला निकायका बीच ०८० असार १२ गते सम्पन्न भएको छ ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । इन्सेक जिल्ला प्रतिनिधिद्वारा ०७९ पुस १७ गतेदेखि ०८० असार १२ गते सम्म ६ महिनामा सङ्कलन गरिएका ११ ओटा मानव अधिकारसँग सम्बन्धित घटनाहरू प्रस्तुत गरिएको थियो ।
जसमा सम्मानित रुपले बाँच्न पाउँने अधिकारसँग सम्बन्धित तीन ओटा, महिला अधिकार सम्बन्धी बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहारका तीन ओटा, हत्याका एक ओटा, बालविवाहको एक ओटा, बहु विवाहको एक ओटा, जातीय विभेदको एक ओटा, र घरेलु हिंसाका एक ओटा घटना प्रस्तुत गरिएको थियो ।
इन्सेकले सङ्कलन गरेर अभिलेख गरेका घटनाहरू प्रति सकारात्मक धारणा राख्दै प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले हुम्ला जस्तो भौगोलिक विकट्ताका बावजुद मा पनि इन्सेकले मानव अधिकार वर्ष पुस्तकका लागि तथ्यमा आधारित भएर घटना सङ्कलन गर्नुमा सराहनीय कार्य गरेको बताउनु भएको छ । उहाँले सरकारलाई जानकारी नभएका घटनाहरू पनि इन्सेकले संकलन गरेर मानव अधिकार वर्ष पुस्तकमा समेटेमा अझ थप प्रभावकारी बन्ने सुझाव दिनु भएको छ ।
मानव अधिकार उलङ्घन हुनुमा पहिलो कुरात सम्वन्धित घरपरिवारको पनि उत्तिकै दायीत्वय रहेको प्रजिअ पौडेलको भनाई छ । जिल्लामा हुने कुनै पनि घटनाहरू पुनः नदोहोरिनका लागि इन्सेकको पनि दायित्व र घटना न्युनिकरण तर्फ लाग्नु पर्ने उहाँले बताउनु भएको हो ।
यस्तै गरी सिमकोट गाउँपालिका उपाध्यक्ष सुशिला रोकायाले सामान्य घरेलुहिंसादेखि जटिल घटनालाई पनि वर्षपुस्तकमा समेटनु पर्ने बताउनु भएको छ । उहाँले पीडितहरूको पैरवी तथा घटना न्युनिकरण गर्नका लागि इन्सेकले जिल्लामा विभिन्न जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गर्नु पर्ने सुझाव दिनु भएको छ ।
जिल्लामा भएका सामान्य घटनालाई अभिलेखिकरण गरि मानव अधिकार वर्षपुस्तकमा नछाप्दा उत्तम हुने जिल्ला प्रहरी कार्यालयका डिएसपी भिमलाल भट्टराईले बताउनु भएको छ । इन्सेकलाई कुनै पनि सुचनामा कमी नहुने गरि सहयोग गर्ने प्रतिबद्धताकासाथ जिल्लामा हुने अत्यावश्यक घटना सङ्कलन गरी प्रकाशन गर्न सुझाव दिनु भएको छ ।
त्यसै गरि पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतले गत वर्ष र योवर्षको तुलनामा घटना वृद्धि र न्युन भएको संख्या उल्लेख गर्दा अझ थप उत्तम हुने जानकारी दिनु भएको छ । उहाँले हुम्लाका सम्पुर्ण गाउँटोलमा भएका घटनालाई इन्सकेले बाहिर ल्याउन अनुरोध गर्नु भएको थियो ।
नन्द सिंह
सम्बन्धित इन्सेक गतिविधिहरू
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
इन्सेकको सहयोगमा कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समूह र राष्ट्रिय माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २२…
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार महाभेला गण्डकी प्रदेश, राष्ट्रिय मानव अधिकार आयोग र गण्डकी प्रदेश सरकारको आयोजनामा मङ्सिर २२ गते पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा…
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…