अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि कालिकोट जिल्लामा सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ८ गते सम्पन्न भएको छ ।
कार्यक्रममा सन् २०२२ जनवरीदेखि जुनसम्म सङ्कलन तथा अभिलेख गरिएका विभिन्न १४ ओटा घटनाहरूको समीक्षा गरिएको थियो ।
समीक्षाका क्रममा इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले सात ओटा घरेलु हिंसा, तीन ओटा आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारका घटना, तीनवटा कुटपिट यातना र एउटा जातीय विभेदको घटना प्रस्तुत गर्नु भएको थियो ।
उक्त घटनामाथि छलफल गर्दै प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले कुना कन्दराका गाउँमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वृद्धि भएको बताउँदै इन्सेकले घटना सङ्कलनको काम मात्रै नगरेर त्यस क्षेत्रमा सचेतनाका कार्यक्रमहरू गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा कालिकोटका प्रहरी प्रमुख डिएसपी सिद्धराज न्यौपानेले प्रहरीले पीडितलाई न्याय दिने र पीडकलाई कानुनी दायरामा ल्याउने कार्यमा मानव अधिकारको क्षेत्रमा काम गर्ने इन्सेक जस्ता सङ्घसंस्थासँग सहकार्य भएमा सहज हुने बताउनु भयो ।
कार्यक्रममा बोल्दै जिल्ला न्यायधिवक्ता श्रीराम खनालले धेरै मात्रामा महिला तथा बालबालिका पीडित भएको घटना अभिलेख भएकाले स्थानीय तहमा गठित न्यायिक समितिले न्यूनीकरणका लागि सचेतनाका कार्यक्रम गर्नुपर्ने सुझाव दिनु भयो ।
यस्तै कार्यक्रममा दलित महिला सङ्घकी पदमा तिरुवाले महिला हिंसा र यौन दुव्र्यवहारको सिकार सवैभन्दा धेरै दलित महिला पीडित भइरहेकोले यसप्रति सरोकारवालाको ध्यान जानुपर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा राजनीतिक दल, पत्रकार, महिला अधिकारकर्मी, दलित अधिकारकर्मी, मानव अधिकारकर्मी, सुरक्षा निकायका प्रमुख सरोकारवाला सरकारी कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।
कालीबहादुर मल्ल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार निर्देशिका कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
वीरेन्द्रनगर नपाका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर नपाको समन्वयमा इन्सेकले तयार गरेको मानव अधिकार निर्देशिका कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले असार २२ गते वीरेन्द्रनगरमा…
मानव अधिकार उल्लङ्घनका पीडितलाई न्यायमा पहुँच पु¥याउन कोष स्थापनामा जोड
मानव अधिकार उल्लङ्घन घटनाका पीडितलाई न्यायमा पहुँच पु¥याउन कोष स्थापना हुनुपर्ने एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । इन्सेकद्वारा जाजरकोटको खलंगामा असार २२ गते अधिकारकर्मीबीच आयोजित छलफल कार्यक्रममा जिल्ला स्तरीय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक पूर्व समीक्षा असार २१ गते परासीमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि…
सिफारिस संयन्त्रलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्नेमा जोड
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले गठन गरिएको जिल्ला स्तरीय सिफारिस संयन्त्रलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड…
रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखीकरण सम्पन्न
रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखीकरण असार २० गते सम्पन्न गरिएको छ । सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा इन्सेक गण्डकी प्रदेशले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रममा…