अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि असार ५ गते तेहृथुममा समीक्षा सम्पन्न गरिएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सन् २०२२ को जनवरीदेखि जुन १५ सम्मको अवधिमा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लघङ्गन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा गरिएको हो ।
समीक्षामा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष ठाकुर शेनेहाङ इन्सेकले सार्वजनिक गर्ने तथ्याङ्कहरू सकेसम्म कमी हुन आवश्यक रहेको बताउनु भयो । उहाँले इन्सेकको प्रतिवेदनमा मानव अधिकारविरूद्धका घटना बढी भएकाले इन्सेकको प्रतिवेदनले सोही भनेकाले अपराधका घटना बढ्नुले जिल्लामा सुरक्षा चुनौती थपिएको र नागरिकको बाँच्न पाउने अधिकार कुण्ठित भएको बताउनु भयो ।
इन्सेक पूर्व जिल्ला प्रतिनिधि छत्रप्रसाद रिमालले मानव अधिकार सम्बन्धी काम गर्ने संस्थाहरूबीच समन्वय हुन आवश्यक रहेको बताउनुभयो । उहाँले अधिकारवादी संस्थाहरू एक भएर विभिन्न कार्यक्रम सञ्चालन गर्नुको विकल्प समेत नरहेको उल्लेख गर्नुभयो ।
समीक्षामा जिल्लामा ०७८ पुस १५ गतेदेखि ०७८ जेठ ३१ गतेसम्म अभिलेखीकरण गरिएका घटनामा बलात्कारका ११ ओटा र कुटपिटका दुई घटना गरी १३ ओटा घटना सार्वजनिक गरिएको छ ।
कार्यक्रममा अधिकारकर्मी, पत्रकार , मानव अधिकार तथा शान्ति समाज, महिला मानव अधिकारको सहभागिता रहेको थियो ।
सुरेश खत्री
सम्बन्धित इन्सेक गतिविधिहरू
अन्नपूर्णलाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवाला प्रतिबद्ध
अन्नपूर्ण गाउँपालिकामा असार १९ गते सम्पन्न बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते चरिकोटमा सम्पन्न भयो । इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२३…