अभिमुखिकरण कार्यक्रम सम्पन्न

  ०७८ चैत २९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा अभिमुखिकरण कार्यक्रम विष्णुपुर गाउँपालिकामा चैत २८ गते सम्पन्न गरिएको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत आयोजित कार्यक्रममा विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष अरहुलादेवी सिहंले गाउँपालिकामा आएर इन्सेकले मानव अधिकारका सवालहरूबारे जागरूकता ल्याएको कताउनु भयो ।

photo20220412siraha (3)

उहाँले भन्नु भयो–‘ हामीले मानव अधिकारबारे पहिला बुझेका थिएनौ । इन्सेकले बुझाइ दियो । सीमित श्रोत साधनमा पनि मानव अधिकारको प्रत्याभूति गराउन शिक्षा, स्वास्थ्य, खाद्यलगायतका आवश्यकताहरू पुरा गरेका छौँ ।’

इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले समुदायमै पुगेर इन्सेकले काम गरिरहेको हुनाले नै सेवा प्रदायक र सेवाग्राहीबिच भेट गराएर समस्याको पहिचान तथा समाधानको खोजी गर्ने गरेको बताउनु भयो ।

photo20220412siraha (2)

इन्सेकले मानव अधिकारको प्रत्याभूति गराउन जनतालाई जागरूक र जिम्मेवार निकायलाई जबाफदेही बनाउन यो परियोजनामार्फत काम गरेको उहाँको भनाइ छ ।

photo20220412siraha (1)

दुर्गा परियार