‘अबको मुद्दा आर्थिक तथा सामाजिक अधिकारको’
मानव अधिकार उल्लङ्घन र ज्यादतीका मात्र नभई आर्थिक तथा सामाजिक अधिकारका सवालाई सशक्त ढङ्गले उठान गर्न उदयपुरका अधिकारकर्मी र पत्रकारहरूले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)लाई सुझाव दिएका छन् ।
इन्सेक प्रदेश १ कार्यालय विराटनगरले असोज १ गते नेपाल पत्रकार महासङ्घको सभाहलमा आयोजना गरेको मानव अधिकार संरक्षण र सम्वद्र्धनका लागि सञ्चारकर्मी विषयक अन्तरसम्वाद कार्यक्रममा सहभागीहरूले यस्तो सुझाव दिएका हुन् ।
उनीहरूले मुलुक परिवर्तनको दिशातर्फ अगाडि बढिसकेकाले मानव अधिकारकर्मीको अबको दिशानिर्देश आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलाई स्थापित गर्न लागि पर्नुपर्ने धारणा व्यक्त गरे ।
सुशासन, जबाफदेहिता, पारदर्शिताका सवालहरू पछिल्लो समयमा नारामा मात्र सीमित रहेकाले व्यवहारमै कार्यान्वयन गराउन अधिकारकर्मीहरू लागि पर्नुपर्ने उनीहरूको भनाई छ ।
कार्यक्रममा इन्सेक प्रदेश १ का संयोजक सोमराज थापाले सन् २०१९ मा प्रकाशन हुने नेपाल मानव अधिकार व र्ष पुस्तकका लागि सन २०१८ को ८ महिनामा प्रदेश १ मा सङ्कलित घटनाहरूबारे जानकारी गराएका थिए ।
उनका अनुसार मानव अधिकार उल्लङ्घन र ज्यादतीबाट ६ सय ४३ जना पीडित भएका घटना अभिलेख गरिएको छ । त्यसमध्ये राज्यपक्षबाट ४८ जना पुरुष र सात जना महिला गरी ५५ जना पीडित भएका छन् ।
यस अवधिमा बाल अधिकार हनन्बाट १ सय ३८ जना पीडित भए । गैरराज्य गरिएका हत्याका घटनाबाट १७ जना महिला र १२ जना पुरुषले ज्यान गुमाए ।
महिला अधिकार हनन्का घटनाबाट ३ सय ३९ जना महिला पीडित भए । जसमा बलात्कारका घटनामा ६७ जना, बलात्कार प्रयासमा ३१ जना, यौन दुर्व्यवहारबाट नौ जना, कुटपिटबाट १२ जना, बेचबिखनबाट नौ जना, कथित बोक्सीको आरोपमा दुर्व्यवहार चार जना, घरेलुहिंसा १ सय ६२ जना पीडित हुन पुगेको तथ्याङ्कले देखाएको छ ।
थापाले मानव अधिकार र समाजिक न्यायाका निम्ति इन्सेक क्रियाशील रहेको बताए । उनले देशव्यापी रूपमा मानव अधिकारको अभिलेखिकरणसँगै शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा इन्सेकले आफ्ना गतिविधिहरू गर्दै आएको बताए ।
पत्रकार कौशल चेम्जोङले मानव अधिकारका सवालमा पत्रकारहरूलाई प्रशिक्षित गराउनु पर्ने धारणा राखे । सवालहरू फेरिँदै गएकाले अधिकारका सवाललाई विश्वव्यापी बनाउन पत्रकारहरूलाई प्रशिक्षित गराउनु पर्नेमा उनको जोड थियो ।
भरत खड्का
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समुह र जनकल्याण माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते सडक…
मानवअधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश सरकार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा मङ्सिर २० गते पोखरामा मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…