अपराध पीडितले होस्टाइल हुन नपर्ने वातावरण चाहियो : डीएसपी दाहाल
जिल्ला प्रहरी कार्यालयका डीएसपी सुनिल दाहालले अपराध पीडितले होस्टाइल हुन नपर्ने वातावरणका लागि नागरिक समाजको सहयोग माग्नु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असार १३ गते आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि अर्धवार्षिक समीक्षा कार्यक्रममा उहाँले भन्नुभयो ‘डर, त्रास र प्रभावबाट मुक्त पार्न सके पीडितले न्याय पाउछन् ।’
डीएसपी दाहालले आग्रह गर्नुभयो ‘कसैलाई बदला लिन, दुख दिन वा कसैको भविष्य बरबाद पार्न बनावटी मुद्दामा हाल्नु पनि हुन्न अनि अन्याय सहन पनि हुन्न ।’ उहाँले थप्नुभयो ‘वास्तविक पीडितले मात्र मुद्दा दिए सबै मुद्दा सफल हुनसक्छन् ।’
कार्यक्रममा गैरसरकारी संस्था महासंघ जिल्ला सचिव राधा मल्लले मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिएका घटनाहरुमा घरेलु हिंसा लगायत महिलाले भोगिरहेको लैंगिक हिंसाका घटनाहरु प्राथमिकताका साथ समेट्नुपर्ने सुझाव दिनुभयो ।
सोसेक नेपालका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले इन्सेकले अभिलेखीकरण गरेका घटनाहरु सार्वजनिक गरेबाट मानव अधिकार सचेतना उल्लेख्य सहयोग पुगेको बताउदै भाषागत शुद्धता, स्पष्ट सन्देश र मौलिक हुन सके अझैं राम्रो हुने बताउनुभयो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सन् २०२४ को जनवरीदेखि ६ महिना अवधिमा ३८ ओटा घटना अभिलेखीकरण गरिएको जानकारी गराउनुभयो । सबै भन्दा धेरै घरेलु हिंसा नौ, बालिका बलात्कार सात, बहुविवाह पाँच, अभद्र व्यवहार पाँच, महिला बलात्कार पाँच, व्यक्ति हत्या तीन, हत्या दुई, बाल यौनदुरुपयोग दुई र आत्महत्या दुरुत्साहनकाे एक रहेको बताइएको छ ।
अमर सुनार
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…