अन्नपूर्णलाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवाला प्रतिबद्ध
अन्नपूर्ण गाउँपालिकामा असार १९ गते सम्पन्न बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय कास्कीको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा सरोकारवालाहरुले स्थानीय तह बालमैत्री हुनुपर्ने र त्यसका लागि आ–आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।
गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीले बालबालिकाहरु राज्यबाट प्राप्त अधिकारका बारेमा जानकार हुनुपर्ने बताउनु भयो ।
उहाँले नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्दा राज्यले उनीहरुप्रति ध्यान दिनुपर्ने बताउनु भयो ।
गाउँपालिकालाई बालमैत्री बनाउन आजैदेखि कामको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सरोकारवाला सङ्घसंस्थासँग समन्वय गर्दै अगाडि बढ्ने भनाई राख्नु भयो ।
गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला अधिकारीले बालबालिकाको क्षेत्रमा बजेट विनियोजन गरिएको भन्दै उहाँले आगामी वर्ष बाल सहभागितालाई जोड दिँदै बजेट अझै वृद्धि गरी बालमैत्री गाउँपालिका बनाउन लाग्ने बताउनु भयो ।
प्रशासकीय अधिकृत खेमराज देवकोटाले गाउँपालिकालाई बालमैत्री बनाउन घर, परिवारदेखि समाज सबैको समान भुमिका रहने बताउनु भयो ।
वडा नं ७ का अध्यक्ष भरतमान गुरुङले नीति कार्यक्रम र बजेटबारे वडा तहमा जनतासँग संवाद गर्दा बालबालिकाका कुनैपनि विषय प्राथमिकतामा नपर्ने गरेको भन्दै बालबालिकाको अधिकारका सवालमा घरघरमा बुझाउन आवश्यक रहेको बताउनु भयो ।
इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले केही स्थानीय तहहरुले बालमैत्री प्रवर्धन अभियानको थालनी गरिसकेको बताउनु भयो । उहाँले समग्र मुलुक नै बालमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला बाल सञ्जाल कास्कीका अध्यक्ष समिक्षा लामिछाने बाल सहभागिता र विकासका लागि वडा तहसम्मै बाल क्लव गठन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
उहाँले नीतिगत रुपमा बालबालिकाका सवाल समेटिनका लागि गाउँपालिकाका हरेक कार्यक्रम र छलफलमा बालबालिकाको अर्थपूर्ण सहभागिता हुनुपर्ने भनाई राख्नु भयो ।
कार्यक्रममा सहभागी आयुस्मा भुगाँईले गाउँपालिकाको योजना तथा नीति बनाउने क्रममा बालबालिकाको सहभागिता शून्य रहेको भन्दै आगामी दिनमा त्यसतर्फ ध्यान दिन आग्रह गर्नु भयो ।
कार्यक्रममा अधिवक्ता कुञ्जनी परियारले ‘बालमैत्री स्थानीय शासन र सरोकारवालाहरुको भूमिका विषयक’ कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सुशन घिमिरे
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…