अन्धविश्वास विरुद्धको सचेतना मुलक सडक नाटक प्रदर्शन

  ०८० मङ्सिर १७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न कालिका नगरपालिका-९, शक्तिखोर स्थित श्री राष्ट्रिय चतुर्मुखी माविको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते अन्धविश्वास विरुद्धको सचेतना मुलक सडक नाटक प्रस्तुत गरेका छन् ।

अन्धविश्वास विरुद्ध सचेतना मुलक सडक नाटकमा अझै पनि नेपाली समाज अन्धविश्वासमा नै प्रेरित रहेको, दीर्घकालीन रोगहरूको उपचार नगरी धामी कहाँ गएको, दुर्घटना परी चोट पटक लाग्दा वा कुनै विषालु जीवहरूले टोक्दा पनि अन्धविश्वास कै छायामा परी अस्पताल नगयको विषयलाई चित्रण गरिएको थियो ।

श्री राष्ट्रिय चतुर्मुखी माविका प्रधानाध्यापक चन्द्रबहादुर गुरुङले विद्यार्थीहरूले प्रस्तुत गरेको नाटकले अन्धविश्वासमा नेपाली समाजको यथार्थता झल्काएको र यस्ता कार्यक्रम गर्न सहयोग गरेकोमा इन्सेकलाई धन्यवाद दिनुभयो ।

उक्त सडक नाटक प्रदर्शनमा कार्यक्रममा श्री राष्ट्रिय चतुर्मुखी माविका प्रधानाध्यापक चन्द्रबहादुर गुरुङ, शिक्षक, स्थानीय बासिन्दा आदि लगायतको उपस्तिथि रहेको थियो भने कार्यक्रमको सहजिकरण इन्सेक चितवन सहजकर्ता गायत्री गिरीले गर्नुभएको थियो ।

Photo_080-8-16_Chitwan

Photo_080-8-16_Chitwan1

Photo_080-8-16_Chitwan3

Photo_080-8-16_Chitwan2

दिपेन्द्र अधिकारी