अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सडक नाटक प्रर्दशन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा मिथिला नगरपालिका–६ ढल्केवर स्थित महेन्द्र माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले सोही नगरपालिकाको बडहरी बजारमा वैशाख १८ गते दिउँसो सडक नाटक प्रदर्शन गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बालअधिकार सचेतना समूहले जातीय छुवाछुत तथा भेदभावविरुद्ध सडक नाटक प्रदर्शन गरेका हुन् ।
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत रहेको यस सचेतनामूलक नाटकले श्रमिकहरूले भोग्ने गरेका भेदभाव तथ जातीय छुवाछुत, मधेस प्रदेशमा शिक्षा र स्वस्थ्यको अवस्था बारे सडक नाटकको माध्यमबाट प्रर्दशन गरिएको थियो ।
स्थानीय समुदायलाई अधिकार र कर्तव्यप्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने र भेदभावरहित समतामुलक समाज निर्माण गर्ने नाटकको मुख्य उद्देश्य रहेको बाल अधिकार सचेतना समूह मधेस प्रदेशका अध्यक्ष हरिचन्द्र साहले बताउनु भयो । सडक नाटकले छोरा र छोरीलाई शिक्षामा समान पहुँच बढाउन जोड दिन खोजिएको साहले बताउनु भयो ।
श्री महेन्द्र मावि ढल्केबरका बाल क्लब संरक्षक शिक्षक निरप्रसाद शर्मा, इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, इन्सेक मधेस प्रदेश सहायक अधिकृत बरुण बस्याल, इन्सेक जिल्ला प्रतिनिधि अनिता यादव, मानव अधिकार समूह मधेस प्रदेश सहसचिव हरिनारायण दास, मिथिला नगरपालिकाका मानव अधिकार समूह अध्यक्ष मोहन महतो, मिथिला नगर बाल सञ्जाल अध्यक्ष दिपेश कुमार सिंह, जिल्ला बाल सञ्जालका सदस्य आयुषा बरेली लगायतको उपस्थिति रहेको थियो ।
इन्सेक मधेस प्रदेश कार्यालय
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डब्लुपीडी नेपालको सहयाेगमा मनहरीमा सञ्चालित मानव अधिकार र महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न भएको छ । महिला समूह गठन…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा…