अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

७५ औँ  अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार महाभेला गण्डकी प्रदेश, राष्ट्रिय मानव अधिकार आयोग र गण्डकी प्रदेश सरकारको आयोजनामा मङ्सिर २२ गते पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका सविच तीर्थराज भट्टराईले एक जना व्यक्तिले रक्तदान गर्दा अर्को व्यक्तिको प्राण बाच्ने हुँदा यस्ता कार्यक्रम सबैले गर्न आवश्यक भएको सुनाउनुभयो । उहाँले आउँदा दिनमा मानवअधिकार महाभेला वा मानवअधिकार संरक्षणका लागि गण्डकी प्रदेश सरकारले यस्ता क्षेत्रमा बजेट तथा नीति निर्माणमा प्रथामिकता दिने प्रतिवद्धता जाहेर गर्नुभयो । सविच भट्टराईले रक्तदान कार्यक्रम ५० औँ पटक रक्तदान गरिसकेका राजन तिमिल्सिनालाई ब्लड ब्याग दिएर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

रक्तदान कार्यक्रम (12)

कार्यक्रममा बोल्दै महाभेलाकी संयोजक बिना शिलवालले १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तरगतकै रक्तदान कार्यक्रम गरिएको जानकारी दिनुभयो ।  उहाँले आज अन्तराष्ट्रिय महिनावारी दिवस पनि रहको हुँदा घरमा महिला तथा बालिकाहरुलाई महिनावारी बार्ने जस्ता अन्धविश्वास नगर्न र नगराउन अनुरोध गर्नुभयो । साथै उहाँले रक्तदान गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

रक्तदान कार्यक्रम (9)

कार्यक्रममा बोल्दै इन्सेक गण्डकी प्रदेश कार्यालय प्रमुख शिव खकुरेलले १५ युनिट रगत संकलन भएको जानकारी दिनुभयो । उहाँले जिवन बचाउन रक्तदान जस्तो उत्तम दान अर्को कुनै नभएको बताउदै, समय समयमा रक्तदान गरे स्वस्थ पनि भइने र अरूको ज्यान पनि जोगाउन सकिने भएकोले महत्वपूर्ण भएको बताउनु भयो ।

रक्तदान कार्यक्रम (3)

सन्जय रानाभाट