अन्तर्राष्ट्रिय महिला दिवसमा विविध कार्यक्रम

"महिलामा लगानी : सम्य र समुन्नत समाजको थालनी" भन्ने मुल नाराका साथ १ सय १४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरी ०८० फागुन २५ गते मनाइएको छ ।

महिला र पुरुष बीचको विभेदको अन्त्य र सम्मान अधिकारका लागि महिलाहरुले अमेरिकाको सिकागो शहरमा प्रर्दशन गरेकी थिइन् । जर्मनीकी मार्कसवादी नेतृ क्लारा जेट्किनले सन १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्‍यो र सन् १९११ देखि महिला दिवस मनाउन शुरु गरिएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका विभिन्न संघसंस्थाहरुको समन्वयमा ०८० फागुन २५ गते खोटाङ र ‌ओखलढुङ्गामा दिवस मनाइएको छ ।

खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार इन्सेकसहित सरकारी निकार र गैर सरकारी निकायको आयोजनामा प्रभातफेरीसहित १ सय १४ ‌औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रभातफेरीपछि आयोजित ‌औपचारिक कार्यक्रममा संविधानसभाका सदस्य हिरा गुरुङले महिला दिवसका कारण वर्षमा कम्तीमा एक दिन भएपनि महिला अधिकार रक्षाका लागि चर्चा हुनुले महिला साक्षरता र महिला अधिकारप्रति सबैलाई जागरुक हुने बताउनु भयो ।

जिल्ला समन्वय प्रमुख सनबहादुर राईले अशिक्षाका कारण महिला अधिकारविरुदका घटना बढी हुने भएकाले शिक्षालाई महिला हिंसा अन्त्यको हतियार बनाउन आवश्यक रहेको बताउनु भयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले महिला हिंसा न्यूनीकरणका लागि नगरपालिकाले कानुनी सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहलगायत महिला अधिकारकर्मी पत्रकारलगायतको सहभागिता रहेको थियो ।

photo 20240308 Khotang

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाँका अनुसार जिल्लामा इन्सेकसहित विभिन्न संघसंस्थाको आयोजनामा १ सय १४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

इन्सेकसहित अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाले प्रभातफेरीसहित महिला दिवसको कार्यक्रम सम्पन्न गरेका छन् ।

Photo 20240308 Okhaldhuna 2

photo 20240308 okhaldhunga 1

photo 20240308 Okhaldhunga

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर