अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रभातफेरी
"महिलामा लगानी : सम्य र समुन्नत समाजको थालनी" भन्ने मुल नाराका साथ १ सय १४ औँ आन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बटेश्वर गाउँपालिकामा ०८० फागुन २५ गते विहान प्रभातफेरीको आयोजना गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार समूह, नव दुर्गा महिला कृषि सहकारी संस्था लि. बटेश्वर र युएनडिपीको संयुक्त आयोजनामा बटेश्वर गाउँपालिकाको ग्रामिण वस्तीहरुमा उक्त प्रभातफेरीको आयोजना गरिएको हो ।
प्रभातफेरीमा सहभागिहरुले महिलामाथि हुने हिंसाको अन्त्य गरौँ र दाइजो, बालविवाह बन्द गरौँ लगायतका नारा सहित सचेतना मुलक सन्देश प्रवाह गरेका थिए ।
उक्त प्रभातफेरी गाउँपालिका कार्यालयमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै बटेश्वर गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी सिंहले महिला कमजोर नरहेको र महिला जागरुक भएकोले आफ्नो अधिकारका लागि महिलाहरुले आवाज उठाउनु पर्नेमा जोड दिनु भयो । महिला र पुरुषमा समान अधिकार आवश्यक रहेको उहाँले उल्लेख गर्नु हुँदै महिलामाथि हुने हिंसा तथा समाजमा विद्यमान हानिकारक प्रथाहरुको अन्त्यका लागि प्रभावकारी रुपमा कानुन कार्यान्यवन हुनु पर्ने बताउनु भयो ।
इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले महिलामाथि विभेद र असमानता कायम रहेकोले महिला मैत्री एने, कानुन, नीति तथा कार्यक्रम आवश्यक रहेको बताउनु भयो । महिलामाथिको हिंसा मधेश प्रदेशमा बढेर गएकोले कानुनको प्रभावकारी कार्यान्वयन र जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उहाँले बताउनु भयो ।
बटेश्वर गाउँपालिकाका मानव अधिकार समूहका उपाध्यष लक्ष्मी कुमारी महतोले महिलाहरुको हक अधिकार संरक्षण होस् भनि यो दिवसले सन्देश दिएको बताउनु भयो । महिलालाई घरमै सिमित राख्ने गरिएका कारण अधिकार मागेर होइन लडेर लिनु पर्नेमा उहाँले जोड दिनु भयो ।
नव दुर्गा महिला कृषि सहकारी संस्था लि. बटेश्वरका अध्यक्ष बालकुमारी थापले छोरा छोरीमा विभेद नगरी शिक्षा दिनु पर्नेमा उहाँले जोड दिनु भयो ।
सन्तोष कुमार यादव
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास…
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी ३३ वर्षीया राधिका…
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन
घोडाघोडी नगरपालिकाका महिला तथा बालबालिका शाखा र इन्सेक लगायतका बिभिन्न संस्थाहरुको सयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहले घोडाघोडी नगरपालिकामा मङ्सिर १७ गते जनचेतनामूलक…