अन्तर्राष्ट्रिय महिला दिवसमा प्रभातफेरी

“लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार” भन्ने मुल नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस फागुन २४ गते खोटाङमा प्रभातफेरी गरी मनाइएको छ ।

नेपालसहित विश्वभर मार्च ८ तारिखमा यो दिवस मनाउने गरिन्छ । र्‍यालीमा सहभागीहरूले सबैको अधिकारको सम्मान गरौं, हिंसा विरूद्ध शुन्य सहनशीलता कायम गरौं’, समृद्ध नेपालका लागि महिला साक्षरता र सहभागिता आजको आवश्यकता’ लगायतका प्लेकार्ड बोकेका थिए ।

Photo 20230308 Khotang (1)

र्‍यालीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङ, जिल्ला प्रहरी कार्यालयलगायत एक दर्जन बढी संघसंस्थाको सहभागिता रहेको थियो ।

खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वजारक्षेत्र रत्नपार्कबाट प्रभातफेरी सुरू गरी मानव अधिकार चौक हुँदै जिल्ला समन्वय समितिमा पुगेर सभामा परिणत भएको थियो  ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राइ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराई, उपमेयर विषन राई, सरकारी कार्यालयका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले विपन्न ६ जना महिलालाई जनही ६ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।

Photo 20230308 Khotang (2)

तारानाथ फुयल